बखतियार अलि/सर्लाही, असाढ- १९ ,कौडेना गाउँपालिका- २, फुलपरासीमा निर्माण भएको १५ शैयाको सामुदायिक अस्पतालको मंगलवार(आज) एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।
अस्पतालकाे  संघीय सरकारका मन्त्रीद्वय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत र खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र राय यादवले संयुक्त रूपमा उद्घाटन गरेका   हुन ।


उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै,स्वास्थ्य मन्त्री बस्नेतले आफु पदमा रहे सम्म आर्थिक अभावका कारण कुनैपनि बिरामीको अकालमा ज्यान गुमाउनु नपर्ने बताए । उपचार गराउन नसक्ने विपन्न बिरामीहरुको उपचार हामी गराउछाै,´ मन्त्री बस्नेतले भने,  ।
कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री यादवले काँग्रेस र एमालेलाई इङ्गित गर्दै, देशमा सुशासन र संघीय लोकतन्त्रको स्थायित्वका लागि गठन भएको गठबन्धनको सरकार ५ वर्ष सम्म चल्ने  दाबी गरे । उनले यस बाहेक अन्य कुनै विकल्प समेत नरहेको बताए ।


कार्यक्रममा कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादव, (बबलु)ले आफुले कौडेनाका जनतासँग मत माग्ने बेलामा गरेको बाचा पुरा गरेको बताए । स्थानीय तहको चुनावमा जनतासँग मत माग्ने बेलामा गरेको बाचा आफु निर्वाचित भएको पहिलो वर्षमै पुरा गरेको  बताए । पालिकामा सुविधा सम्पन्न अस्पतालको निर्माण गर्ने बाचा गरेको थिए,´त्यो पूरा गरे उनले भने ।  उनले सुविधा सम्पन्न अस्पतालको निर्माण सम्पन्न गरि उद्घाटन गर्न पाउँदा धेरै खुसी लागेको बताए।
कौडेनाबासीसँग  मत माग्दा गरेको सबै बाचा आफ्नो कार्यकालमा पूरा गरि छाड्ने  उनले प्रतिबद्धता व्यक्त गरे । नवनिर्मित सामुदायिक अस्पताल सुचारु भए पछि कौडेना लगायत आसपासका अन्य पालिकाका जनताहरु हर्षित भएको स्थानीय रामदुलार रायले बताए ।
सानो भन्दा सानो स्वास्थ्य समस्या आइपर्दा कौडेनाबासीहरुलाई सदरमुकाम मलंगवा अथवा रौतहटको गौर लगायतका शहरमा जानुपर्ने बाध्यता रहेको थियो । सामुदायिक अस्पताल संचालनमा आएपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय रघुबिर यादवले बताए ।


उद्घघाटन  कार्यक्रममा मधेस प्रदेश सांसद जंगिलाल राय, कौशल किशोर राय, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कौडेना गा.पा उपाध्यक्ष नगीना यादव, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, नेपाली काँग्रेस सर्लाहीका जिल्ला सभापती सुरेन्द्र सिंह, नेपाली काँग्रेस सर्लाहीका पूर्व जिल्ला सभापति  लक्षमण राय, प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव, विभिन्न राजनीति दलका नेता, गाउँपालिकाका कर्मचारी, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।