सर्लाही,असार–१७, आफ्नो सम्पति आश्रमलाई दान गरेर २०५५ साल देखि वृद्धवृद्धाको सेवा,लालनपालन गर्दै आएका बासुदेवशरण कोइरालालाई शनिवार अभिनन्दन गरिएको छ ।
परोपकार दान विभाग काठमाडौंले लालबन्दी २ स्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीका संस्थापक-संरक्षक कोइरालालाई वरिष्ठ समाजसेवी सम्मान तथा अभिनन्दन गरिएको हो ।
आयोजक संस्थाका महासचिव डा. डम्बर बहादुर नेपाली, लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी उपमेयर कल्पना माया पाख्रिनलगायतले कोइरालालाई सम्मान तथा अभिनन्दन गरेका पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीका आध्यक्ष एवम् व्यवस्थापक भवानी कोइरालाले जानकारी दिइन् ।
संस्थापक÷ संरक्षक कोइरालाले परिवारबाट अपहेलित भई बेघर भएका ५० जना भन्दा बढी वृद्धवृद्धालाई संरक्षकत्व प्रदान गर्दै आएका छन् ,उनलाई यस अघि पनि समाजसेवामा अविष्मरणीय योगदान गरेको भन्दै बिभिन्न सरकारी गैरसरकारी संघसंस्थाले पटक—पटक सम्मान गरिसकेका छन् ।