सर्लाही,असार-९,जिल्लाकाे चन्द्रनगर गाउँपालिका का अध्यक्ष राजकुमार महताेले पालिका भित्रका १२ काक्षा पास गरी स्नातक तहमा अध्ययनरत छोरीहरूलाई प्रोत्साहन अनुदान प्रदान गरेका छन् ।


शनिवार (आज) एक कार्यक्रम आयोजना गरि बाल विवाह अन्त्य तथा उच्च शिक्षामा छोरीको पहुँच अभिवृद्धि गर्न ७५ छोरीहरुलाई प्रोत्साहन अनुदान हस्तान्तरण गरिएको अध्यक्ष महताेले बताए ।
कार्यक्रममा अध्यक्ष महतोले स्नातक तहमा अध्ययनरत छोरीहरुलाई जनही ११ हजारको दरले प्रोत्साहन अनुदान रकम हस्तान्तरण गरेका हुन ।


पालिकाकाे नाढीमन ताल परिसरमा गरिएको कार्यक्रममा मधेश प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवको प्रमुख आतिथ्यता रहेको थियो ।
बाल विवाहको अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच वृद्धि गर्ने अभियान अनुसार छोरीलाई यो कार्यक्रमको मुख्य उद्देश्य रहेको गाउँपालिका अध्यक्ष महतोले बताए ।
गाउँ पालिका अध्यक्ष महताेले पदभार ग्रहणका क्रममा गरेको प्रतिबद्धता अनुरूप उच्च शिक्षा अध्ययन गरि उमेर पूरा भएपछि विवाह गर्ने छाेरीहरूलाई विवाह मन्डपमै पुगि अनुदान प्रदान गर्दै आएका छन् ।