काठमाण्डौं, माघ २७ — सोनाम ल्होछारको अवसरमा माघ ३० गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् ।
पुस १५ मा मनाइएको तमु ल्होसारको दिन सरकारले सम्बन्धित जाती समु दायलाई मात्रै विदा दिएको भए पनि संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रमसँगै सरकारले यी चाड पर्वहरुमा पुनः सार्वजनिक बिदा दिन लागेको छ । यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो । यस अघि २०५१ सालदेखि दिँदै आएको बिदा ओली नेतृत्वको सरकारले २०७४ सालदेखि कटौती गरेको थियो .