सर्लाही,असार -५, प्रहरीले सदरमुकाम मलंगवाबाट स्राेत नखुलेकाे १५ लाख रुपैयाँसहित २ युवकलाई पक्राउ गरेको छ।


पक्राउ पर्नेमा मलंगवा नगरपालिका  वडा न-४ का  अन्दाजी ३५  वर्षीय युवक  विसुन्द्र प्रसाद चौधरी र मलंगवा नगरपालिका  वडा न-२ का अन्दाजी ४० वर्षीय नागेन्द्र ठाकुर रहेका छन् ।    
उनिहररूलाई मंगलवार (आज) बिहान साढे सातबजे  भारतको सोनबर्षाबाट नेपालतर्फ आउदै सीमावर्ती क्षेत्र गाेरखकाली चाैकमा प्रहरीले शंका लागि  चेकजाँच गरेको थियो ।


जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत  डिएसपी दिपेन्द्र पंजियारका अनुसार भारतीय BR 30 S 2086 नम्बरको मोटरसाईकलमा आएका उनीहरूलाई राेकेर चेकजाँच गर्दा पछाडी बसेका ठाकुरकाे कम्मरमा बाँधिएको खैरो कपडाकाे  पटुका भित्र १५ लाख ५० रुपैया नेपाली तथा चालक चाैधरीकाे साथबाट दुई हजार ६४० भारु नाेट तथा ८ बाेतल मजा जुस र दुईथान रियलमिकाे माेबाईल सेट एवम् दुईथान सिम समेत बरामद गरि आवश्यक कार्बाही प्रकृया अगाडि बढाएकाे छ।