सर्लाही,असार–३,जिल्लाको लालबन्दी नगरपालिका–७,रहेको  जानकी माध्यमिक विद्यालयमा आइतवार (आज) कचहरी नाटक प्रदर्शन गरिएको छ ।


बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत लालबन्दी नगरपालिकाकाे आयोजना तथा दृश्य सादृष्यसँगको सहकार्यमा पोषण सम्वन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले  कचहरी नाटक प्रदर्शन गरिएको कला निर्देशक  शालिक भण्डारीले जानकारी दिए।
नाटकी मुख्य पात्र “जानकी” मार्फत महीनावारी हुदाँ किशोरीले भाेग्नु परेको समस्या,घरमुलीले मदिरा सेवन गर्दा परिवारमा पारेकाे प्रभाव र  जंगफुड (चाउचाउ, चिजबलआदि)ले मानव शरीरमा पार्ने नकारात्मक प्रभावका बारेमा सन्देश दिइएको थियो ।

नाटकमा केही क्षण “जानकी” पात्रको भुमिका निर्वाह गर्दै लालबन्दी नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले जंगफुड (चाउचाउ, चिजबलआदि) नखान सुझाव दिदै खेतबारीमा उब्जिएको अन्नहरूबाट प्रयाप्त पाेषण प्राप्त हुने सन्देश दिइरहदा विद्यार्थी तथा सहभागीले चाखपुर्वक हेरिरहेका थिए ।


नाटकको लालबन्दी नगरपालिकाका मेयर (प्रमुख अतिथि ) बासुदेव अधिकारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेल, बहुक्षेत्रीय पोषण कार्यक्रमका संयोजक गोपाल बराइली, विद्यालयका प्रधानाध्यापक मिनकुमार पौडेल,स्वास्थ्य शाखाका सुरेन्द्र खतिवडा , मेयरका स्वकीय सचिव भानुभक्त बराल,विद्यालयका शिक्षकशिक्षिका विद्यार्थीलगायतले अवलोकन गरेका थिए । मेयर अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लुइँटेललाई सहकार्य गर्ने संस्था दृश्य सादृष्यसँगको तर्फबाट मायाको चिनाे प्रदान गरिएको थियो ।


नाटकमा काठमाडौंबाट आएका कलाकार  सरस्वती अधिकारी, स्थानीय कलाकारहरू आश्रय दाहाल, कविता घिमिरे, अश्रु दाहाल, विनोद अधिकारी, निरोज श्रेष्ठ, वुद्धबहादुर विश्वकर्मा, अभिषेक साहलगायतले विभिन्न  भूमिका निर्वाह गरेका थिए।
नाटक भोली (साेमवार) जनज्योति मावि र नवजीवन मावि तथा पर्सी फौदसिंह मावि र डिम जनता माविमा समेत प्रदर्शन गरिने  बताइएको छ ।