सर्लाही,असार-३,जिल्लाकाे जानकीनगर साझेदारी वन व्यवस्थापन समुहको अध्यक्षमा रामविश्ववास राय पुनः दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका छन्।
शनिवार नयाँ नेतृत्व छनौट गर्न भएको निर्वाचनमा प्रतिस्पर्धी रामबाबु रायलाई पाच मतले पछि पर्दै राय अध्यक्षमा निर्वाचित हुन ।


राय २१७ मत प्राप्त गरि निर्वाचित हुदा उनका निकटतम प्रतिस्पर्धी रामबाबु रायले २१२ मत प्राप्त गरेका निर्वाचन अधिकृत मनोज कुमारले जानकारी दिए ।
त्यसैगरी उपाध्यक्षमा सन्तलाल घिसिङ ५ मत प्राप्त गरि निर्वाचित भएका छन् । उपाध्यक्षमा नौ मत खसेकोमा उनका निकटतम प्रतिस्पर्धी कृष्णमाया घिसिङले चार मत प्राप्त गरेकी थिइन् ।
त्यस्तै सदस्यमा सोभा विक , दिनेश कुमार राय ,नागेन्द्र राय,कौशल महतो,ईन्दल कुमार ठाकुर ,सवनारायण महतो,सुरेश पासवान ,जवहार साहा निर्वाचित भएका छन्।
मतगणनाको अन्तिम नतिजा राति ११ बजे प्रकाशित गरिएको हो। हिजो शनिवार सव डिभिजन वन कार्यालय मुर्तियामा बिहान ९ देखि ५ बजेसम्म मतदान भएको थियोे ।कुल ५२५ मत मध्ये ४५५ मत खसेको जनाइएको छ ।


तीन जना महिला सदस्य उषा महतो ,ललिता कुमारी महतो र मिना सिवाकोटी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीको कार्यकाल पाच वर्षको हुने विधानमा उल्लेख रहेको साझेदारी वन व्यवस्थापन समुहका केन्द्रीय सदस्य रजनिकान्त झाले जानकारी दिए ।
जानकीनगर साझेदारी वन व्यवस्थापन समुह अन्तर्गत जिल्लाका ७५ वटा वडाका उपभोक्तलाई समाबेश गरिएको छ। अब लालबन्दी साझेदारी वन व्यवस्थापन समुह र फुलजाेर बाबा साझेदारी वन व्यवस्थापन समुहमा पनि चाडैं अधिवेशन हुने बताएको छ।