बखतियार अलि/सर्लाही,जेठ -३२,भारतमा नेपाली भूमि पनि समावेश गरि ’अखण्ड भरत’ को नक्सा सार्वजनिक गरिएसंगै काठमाडौ महानगरपालिका का मेयर बालेद्र साहले ग्रेटर नेपाल’ को नक्सा आफ्नो कार्यकक्षमा राखेसंगै यसले अभियानकोरूप लिएको छ ।
जिल्ला सदरमुकाम मलंगवामा पनि बिहिवार (आज) मेयर नागेन्द्र प्रसाद यादवले आफ्नो कार्यालयमा ’ग्रेटर नेपाल’ को नक्सा राखेका छन ।
मेयर यादवले भारतले जारी गरेको नक्साको प्रतीकात्मक विरोधको रूपमा आफ्नो कार्यालयमा ’ग्रेटर नेपाल’ को नक्सा राखेकाे बताए ।
उनले आज एक औपचारिक कार्यक्रमको आयोजना गरि आफ्नो कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेका हुन । लुम्बिनी र कपिलवस्तु समावेश गर्ने अखण्ड भारातको नयाँ नक्सा भारतले केही दिन अघि उद्घघाटन गरेको नयाँ संसद भवनमा प्रदर्शन गरेको थियो ।
जसलाई नेपालमा सर्वसाधारण जनताले व्यापक विरोध प्रदर्शन गरिरहेको छ । पूर्वी–इष्टइण्डिया कम्पनीसँग सुगौली सन्धिमा हस्ताक्षर गरेपछि नेपाललाई आफ्नो क्षेत्रको महत्वपूर्ण अंश रोक्न बाध्य पारियो ।
यसैबीच, पाकिस्तान र बंगलादेशले आधुनिक समयको पाकिस्तान र बंगलादेशका केही अंशहरू समावेश गरेको नक्सामा भारतीय सरकारबाट स्पष्टीकरण खोजेको छ ।
अखण्ड भारत नक्साले नेपालमा जस्तै दुबै देशहरूमा गम्भीर विवादहरू उत्पन्न भएको छ । काठमाण्डौका मेयर बालेन्द्र साह पछि सर्लाही सदरमुकाम मलंगवाका मेयर नागेन्द्र प्रसाद यादवले ग्रेटर नेपालको नक्सा आफनो कार्यकक्षमा लगाएर सार्वजनिक गरेपछि मेयर यादवको यो साहसी कदमको सर्वत्र प्रशंसा भइरहेको छ ।
स्थानीयको भनाई अनुसार भारतको हेपाहा प्रवृतीको विरुद्धमा नेपालका सबै पालिकाले ग्रेटर नेपालको नक्सा सार्वजनिक गर्नुपर्ने बताएका छन ।
कालापानी, लिपुलेक नेपाली भुमि मिचेकाे भारतले अब नेपालका अर्को महत्त्वपूर्ण भु–भाग आफ्नो अखण्ड भारतको नकसामा समावेश गरेर सार्वजनिक गरेर पछि भोलीको दिनमा यो भूमि पनि आफ्नो हाे भनी दावी गर्नसक्ने अनुमान आम नागरिकले गरेका छन् ।
त्यसैले आफुले पनि ग्रेटर नेपालको नक्सा सार्वजनिक गरेर भारतको विरोध गरेको मेयर यादवले बताए । नेपाली जनताले भारतीय बिस्तारवादको खुलेर विरोध गर्नुपर्ने नागरिक समाजका अगुवा जगदेश्वर साहले बताए । भारतीय विस्तरबादको विरोधमा प्रमुख राजनीतिक दलका नेता चुपलागेर बसे पनि सामाजिक संजालको माध्यमबाट भारतको यो कदमको सर्वत्र विरोध भईरहेको छ ।