कृष्ण थपलिया/लालबन्दी
जेठ—२९,लालबन्दी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो),नगर गान,नगर स्लोगन र नगर झन्डा निर्माण गर्ने भएको छ ।
नगरपालिकाबाट हिजो आईतवार नगर कार्यपालिकाको फागुन २ गतेको निर्णयानुसार लालबन्दी नगर वाङ्मय परिषद्लाई कार्य सम्पन्न गर्न गराउन कार्यादेश प्राप्त भएको परिषद्का अध्यक्ष अच्युत अधिकारीले चियोर्चो खबरलाई जानकारी दिए ।


नगर वाङ्मय परिषद्ले आईतवानै सामाजिक सञ्जाल मार्फत सूचना प्रकाशित गरेर लालबन्दी नगरपालिकाको प्रतीक चिह्न (लोगो), नगर गान, नगर नारा (स्लोगन), नगर झन्डा निर्माण गरी प्रयोगमा ल्याउने प्रयोजनार्थ प्रतीक चिह्न (लोगो), नगर गान, नगर झन्डा, नगर नारा (स्लोगन), डिजाइन तथा लेखन गर्न इच्छुक व्यक्ति वा संस्थाले सर्तमा रहेर डिजाइन गरी आफैँ उपस्थित भई वा हुलाक मार्फत वा achutlalbandi@gmail.com मा सूचना प्रकाशित भएको मितिले पन्ध्र (१५) दिन भित्र पेस गर्न सूचित गरेको छ ।
इच्छुक व्यक्ति वा संस्थाले तल उल्लेखित सर्त अनुसार प्रतीक चिह्न (लोगो), नगर गान, नगर झन्डा, नगर नारा (स्लोगन), डिजाइन तथा लेखन गर्न भनिएको छ ।


सर्तहरु यसप्रकार रहेका छन्ः—
(१) प्रतीक चिह्न (लोगो), नगर गान, नगर स्लोगन र नगर झन्डासम्बन्धीः (क) प्रतीक चिह्न (लोगो), नगर गान, नगर स्लोगन लालबन्दी नगरपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, आर्थिक, पर्यटकीय, सांस्कृतिक एवम् विशिष्ट मौलिक पहिचान झल्कने हुनुपर्ने छ ।
(ख) प्रतीक चिह्न (लोगो) मा नेपालको झन्डा र नगरपालिकाको नाम अनिवार्य समावेश हुनुपर्ने छ । (ग) प्रतीक चिह्न (लोगो), नगर गान, नगर स्लोगनमा कुनै पनि धार्मिक, जातीय तथा साम्प्रदायिक विभेद झल्कने, सामाजिक सद्भावमा खलल पुग्ने तथा नेपालको सार्वभौमिकता, एकता र अखण्डतामा प्रतिकूल असर गर्ने खालका सङ्केत प्रयोग गर्न पाइने छैन ।
(घ) प्रतीक चिह्न (लोगो) मा प्रयोग गरिएका सङ्केतहरूको सङ्क्षिप्त व्याख्या गर्नुपर्ने छ ।
(ङ) प्रतीक चिह्न (लोगो) बहुरङ्ग छपाइ गरी प्रयोगमा ल्याउन सकिने हुनुपर्ने छ ।
(च) प्रतीक चिह्न (लोगो), नगर गान, नगर स्लोगन मौलिक एवम् अन्यत्रबाट नक्कल नगरिएको हुनुपर्ने छ ।
(छ) प्रतीक चिह्न (लोगो) कम्तीमा ३०० मउष् भएको व्एभ्न्, एल्न् वा एमा ँयचmबत मा हुनुपर्ने छ ।
(ज) प्रतीक चिह्न (लोगो) निर्माण गर्दा नेपाल सरकारको निसानछापको मापदण्डबमोजिम निर्माण गर्नुपर्ने छ ।
(झ) प्रतीक चिह्न (लोगो), नगर गान, नगर स्लोगन र नगर झन्डा छनोटसम्बन्धी सम्पूर्ण अधिकार लालबन्दी नगर वाङ्मय परिषद्को हुने छ ।
(ञ) नगर गान बढीमा छ हरफ, ४० शब्द र १०० अक्षरको हुनुपर्ने छ ।
(ट) उत्कृष्ट तीन प्रतीक चिह्न (लोगो), नगर गान, नगर स्लोगन छनोट गरी लालबन्दी नगर वाड्मय परिषद्ले लालबन्दी नगर कार्यपालिकाको कार्यालयलाई सिफारिस गरेपछि लालबन्दी नगरपालिकाले यस सम्बन्धमा अन्तिम निर्णय लिने छ ।
(ठ) स्वीकृत प्रतीक चिह्नलगायत उपर्युल्लिखितको सर्वाधिकार नगरपालिकामा रहने छ र उक्त प्रतीक चिह्न अन्यत्र प्रयोग गर्न पाइने छैन ।
(ड) प्राप्त भएका कुनै प्रतीक चिह्नहरूमा आवश्यक परिमार्जन गर्न आग्रह गरिएमा सोअनुसार परिमार्जन गरिदिनुपर्ने छ ।
पुनः छनोट भएको उत्कृष्ट लोगो, नगर गान, नगर झन्डा र नगर स्लोगनलाई नगरपालिकाले आफ्नो सम्पत्तिको रूपमा प्रयोग गर्ने छ र उक्त सम्पत्तिको डिजाइन तथा लेखकलाई उचित नगद पुरस्कार प्रदान गरिने छ ।