सर्लाही,जेठ–२७,जिल्लाकाे हरिवनमा रहेको महादेव जनता मावि खेलमैदानमा शनिवार साँझ सम्पन्न जिल्ला स्तरीय भलिबल प्रतियाेगिताकाे उपाधी आयाेजक हरिवन युवा क्लबले उचालेकाे छ ।
अज भएको बेष्ट अफ फाईभकाे फाईनल खेलमा आयाेजक हरिवनले बरहथवा-११ हिरापुर टिमलाई साेझाे ३ सेटमा पराजित गरेकाे आयाेजकले जनाएको छ।


आयाेजक हरिवन युवा क्लबका अनुसार उपाधीसँगै हरिवनले प्रथम शिल्ड र नगद २० हजार, उपविजेता हिरापुरले १० हजार र तृतिय हुने ईश्वरपुरकाे बस्निया टिमले ५ हजार नगद प्राप्त गरेका छन् ।
शुक्रवार बिहान तथा साँझ र आज बिहान,साँझ भएकाे प्रतियाेगितामा सर्लाहीका विभिन्न ९ वटा टिमकाे सहभागिता रहेकाे थियो ।


आयाेजक क्लबका अध्यक्ष सुमन तिलक सिन्दालीकाे अध्यक्षता भएको समापन समाराेहकि प्रमुख अतिथ हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान, विशिष्ट अतिथिहरु हरिवन-१ का वडाध्यक्ष टम बहादुर घिसिङ, ७ का वडाध्यक्ष निरध्वज कार्की, जिल्ला प्रशासन कार्यालय मलंगवाका प्रशासकीय अधिकृत राजकुमार थापा, पूर्व वडाध्यक्ष यज्ञविनाेद ढुंगेल, बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की लगायतले खेलाडीलाई शिल्ड, प्रमाणपत्र, नगद पुरस्कार प्रदान गरेका थिए ।
समापन समाराेहमा हरिवन माविका संयाेजक गिरिराज राना, शिक्षक डिल्लिरमण भट्टराई, राजन कार्की, सुदर्शन पाेखरेल, लगायतको सहभागिता रहेको कार्यक्रम संयाेजक राजु कार्कीले जानकारी दिएका छन् ।