सर्लाही ,जेठ-२६,जिल्लाको चन्द्रनगर गाउँपालिकामा केही दिन अघि पोलिटेक्नि इन्स्टच्युटका विद्यार्थीहरुले गाउँपालिका तथा चन्द्रनगर पोलिटेक्निक इन्स्टच्युटमा लगाएको ताला नेकपा माओवादी चन्द्रनगरको उक्साहटमा भएको सार्वजनिक भएको छ ।


नेकपा माओवादीका नेता मुलाजिम मंसूरले एउटा भिडियो क्लिपमा मार्फत विद्यार्थीहरुलाई आफुले उक्साएको बताएका छन् ।
भिडियोमा गाउँपालिकामा र चन्द्रनगर पोलिटेक्निक इन्स्टच्युटमा ताला तथा गाउँपालिका अध्यक्षको घर र गाउँपालिकामा ढुङ्गामुढा गरेको २०–२५ विद्यार्थीहरुलाई आफुले उतारेको मंसुरले भनेका छन् ।
विद्यार्थीहरुले गरेको ढुङ्गमुढाबाट गाउँपालिकामा लाखौँको क्षति भएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।यता मंसुरले निर्धक्कसंग ति विद्यार्थीहरुलाई आफुले उतारेको भिडियोमा भनि रहदाँ पनि सम्बन्धित निकाय मौन रहेको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए ।
मंसूरलाई कानुन अनुसार कार्वाही गर्न सम्बन्धित निकायसँग गाउँपालिका अध्यक्ष महतोले माग गरेका छन् ।
´भिडियोबाट मंसुर र माओवादी नेताहरूको सुनियोजित षडयन्त्र प्रमाणित हुन्छ,´झअध्यक्ष महतोले चियाेचर्चाे खबरसंग भने ।
मंसुरको श्रीमती कार्यापालिका सदस्य भएपनि आफै कार्यापालिका सदस्य हु भन्दै, गाउँपालिकाकाे हित बिपरीत मन्तव्य दिने गरेको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले बताए ।
मंसूरले दिएको अभिव्यक्ति प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको तथा गाउँपालिकामा भएको क्षति मंसुरले नै व्यहोर्ने गरी कानुनी कार्वाहीको प्रक्रिया पनि अगाडि बढाइने अध्यक्ष महतोले बताए ।


अध्यक्ष महतोले मंसुर लगायत चन्द्रनगरमा माओवादीबाट निर्वाचित अन्य जनप्रतिनिधिहरुले गलत तरिकाबाट भागबण्डा खोजेको र आफुले अस्विकार गरेपछी आफुलाई असफल बनाउने सुनियोजित षडयन्त्र रचन थालेको आरोप लगाए ।
अध्यक्ष महतोले आफुले गर्न लागेको बिकास देख्न नसक्नेहरुले आफु बिरुद्ध बहुमतको दम्भ देखाएर असफल सावित गराउने निति बनाएको अध्यक्ष महतोले दाबी गरे । आफु जन्ता माझ जाने, र गाउँपालिकाको हरेक गतिविधि जन्ता समक्ष राख्ने अध्यक्ष महतोले बताए ।