राैतहट,जेठ-१९,नेपाली कांग्रेस मधेस प्रदेशका संसदीय दलका नेता एवम् भौतिक पुर्वाधार  मन्त्री कृष्ण प्रसाद यादवले धर्मपुर उप- स्वास्थ्य चाैकी भवनको शिलान्यास गरेका छन् ।


मन्त्री यादवले शुक्रवार (आज) आफ्नै गृह जिल्ला रौतहट क्षेत्र नं.१( ख)को गढीमाई नगरपालिका स्थित धर्मपुरमा उप-स्वास्थ चौकी भवनको शिलान्यास गरेका हुन ।
शिलान्यास कार्यक्रममा गढीमाई नगरपालिकाका नगर प्रमुख (मेयर) श्याम प्रसाद यादव,नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य ध्रुव रिजाल तथा स्थानीय नेता कार्यकर्ताकाे सहभागिता रहेको थियो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गढीमाई नगरपालिकाकाे १८ कराेड ७१ लाख ४४ हजार ४ सय ४३ रूपैयाँ ४८ पैसाकाे लागतमा  १५ सैयाकाे उप-स्वास्थ्य चाैकी भवन निर्माण हुने गढीमाई नगरपालिकाले जनाएको छ ।
निर्माणकाे जिम्मा पाएकाे  प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रा.ली. काठमाडौंले २०८१ असाेज ५ गते सम्ममा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने नगरपालिकाले जनाएको ।
अस्पताल निर्माण पछि गढीमाई नगरपालिका स्थानीयका साथै आसपासका पालिकाका नागरिकसमेत लाभान्वित हुने बिस्वास लिइएको छ।