सर्लाही,जेठ-१६,तराई मधेसकाे लाइफलाइन मानिने हुलाकी सडक अन्तर्गत सर्लाही खण्डमकाे निर्माण कार्यमा फेरि अवरोध सृजना गरिएको छ।
कहिले ठेकेदारकाे लापरबाही,कहिले स्थानीयकाे अवरोध त कहिले समयमा रकम भुक्तानी हुन नसक्दा निर्माण सुरु गरिएको वर्षौं बित्दा पनि कार्य सम्पन्न हुन नसकेको हुलाकी सडक निर्माणमा फेरि अवरोध सृजना भएको हाे ।
सडकमा रहेको अवराेध हटाइ चाडाे काम सक्न भने पछि तिब्र गतिमा काम गरिरहेकाे भएपनि प्रिया आयल सेन्टर भेल्हीले आफुहरूकाे टिपर,ग्रेडर,राेलरलगायतका २५ वटा निर्माणका साधन शनिवार देखि राेकेर राखेका कारण निर्माण कार्य सम्पन्न गर्न समस्या भएको निर्माण कम्पनीका ठेकेदार चन्द्रिका साहले चियाेचर्चाे खबर संग गुनासो गरे ।
अर्कै निर्माण कम्पनीले उक्त आयल सेन्टरमा इन्धनको पैसा तिर्न बाकी रहेको भएपनि आफ्नो निर्माणकाे साधनहरू छेकेर राख्दा निर्माण प्रभावित भएको ठेकेदार साहले बताए । ठेकेदार साहले प्रेट्राेल पम्प सञ्चालकका मान्छेले आफ्नो कर्मचारीलाई हातपात गर्ने कामसमेत गरेको बताए ।
काम सक्किनै लाग्दा अवरोध सृजना गरिए पछि वर्षाको सिजन सुरु भएकाले समयमा कसरी काम सम्पन्न गर्ने भन्ने अन्याेल सृजना भएको ठेकेदार साहले बताए ।
यस समस्याको समाधान गरिदिन जिल्ला प्रहरी कार्यालयका मलंगवाका प्रमुख (एसपी )लाई भनेको भएपनि आज आज भाेली भाेली भनेर टार्ने काम भएको ठेकेदार साहले बताए । उनले काम राेकिए पछि ६० जना भन्दा बढी मजदुर अलपत्र परेको बताए ।
उता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख (एसपी) नरेशराज सुवेदीले यस विषयमा छलफल गर्न ,जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख काैशल किशोर सिंह ,प्रमुख जिल्ला अधिकारी र सम्बन्धित पक्ष संग भाेली छलफल गरि निकास निकालिने बताए ।
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख काैशल किशोर सिंहले आफुहरूले चाडाे काम सक्न दबाब सृजना गर्ने ,अवरोध हटाउने अल्टिमेटम दिनेलगायतको कार्य गरेको भएपनि राजनीतिक चलखेलका कारणले अवरोध सृजना गरिएकाे हुनसक्ने आशंका व्यक्त गरे ।
बर्साै बित्दा पनि हुलाकी सडकको सर्लाही खण्डको काम पुरा हुन नसक्दा यहाँका नागरिक हिउँदमा धुलाे र वर्षामा हिलोको सास्ती खेप्न बाध्य छन्। जसका कारण सडक आसपासका नागरिककाे स्वास्थ्यमा समेत प्रतिकुल प्रभाव देखिने गरेको छ।