सर्लाही,जेठ-१५, गणतन्त्र दिवस सर्लाहीसहित देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
दिवसको अवसरमा साेमवार(आज) सदरमुकाम मलंगवामा गणतन्त्र दिवस २०८० मूल समारोह समितिले  बिहान प्रादेशिक अस्पताल  उपचाररत् बिरामीलाई फलफूल वितरण गरिएको हाे।


सदरमुकाम मलंगवामानै प्रभातफेरि र जिल्ला प्रशासन कार्यालय परिसरमा शहीदहरुको तस्बिरमा माल्यार्पण, झण्डोतोलन र रक्तदान कार्यक्रम  गरिएको थियो । रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, उपप्रमुख जितेन्द्रकुमार महतो, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुरक्षा अधिकारी, नागरिक समाजका अगुवा, संचारकर्मी, शिक्षक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो  ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव पद्म–भुवनेश्वरी नमूना वृद्धाश्रमका संस्थापक संरक्षक एवम् नेपाली काँग्रेस पुर्वस जिल्ला भपति वासुदेव शरण कोइरालालाई
अभिनन्दन पत्र र दाेसल्ला ओढाएर सम्मान गर्दै । तस्बिर : कृष्णप्रसाद थपलिया ।


दिवसकै अवसर पारेर उज्यालो अभियान मिडिया नेटवर्क प्रालिले आफ्नो  चाैथाे वार्षिकोत्सबकाे  अवसरमा  प्रजातन्त्र सेनानी तथा पद्म–भुवनेश्वरी नमूना वृद्धाश्रमका संस्थापक संरक्षक एवम् नेपाली काँग्रेस पुर्वस जिल्ला भपति वासुदेव शरण कोइरालालाई अभिनन्दन गरेको छ ।
काेइरालालाई कार्यक्रमका विशिष्ट अतिथि सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अभिनन्दन पत्र र दाेसल्ला ओढाएर सम्मान गरेका थिए ।
उज्यालो अभियान मिडिया नेटवर्क प्रालिका अध्यक्ष टंक बहादुर क्षेत्रीकाे अध्यक्षतामा भएको कार्यक्रममा अभिनन्दीत व्यक्तित्व वासुदेवशरण काेइरालाले पछिल्लो समय सामाजिक कार्यकर्तालाई हेयकाे दृष्टिकोणले हेर्ने  क्रम बढेको भन्दै दु:ख व्यक्त गरे । उनले यसको अन्त्यको लागि पत्रकारिता क्षेत्रले भुमिका खेल्नुपर्ने तर्क गरे ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख (एसपी ) नरेश सुवेदी,नेपाली सेना,राष्ट्रिय अनुसन्धान प्रमुख,सञ्चारकर्मी लगाएको सहभागिता रहेको वृद्धाश्रमकी अध्यक्ष एवम् व्यवस्थापक भवानी काेइरालाले जानकारी दिइन् ।
यता दिवसकै अवसरमा  जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर ४ मा बिहान सरसफाइ कार्यक्रम गरिएको छ । वडा कार्यालयको आयोजनामा स्वास्थ्य चौकी जब्दी र स्थानीय श्री जनकल्याण युवा क्लबको सहकार्यमा सरसफाइ कार्यक्रम गरिएको स्वास्थ्य चौकी प्रमुख देव कुमार महतोले जानकारी दिनुभयो । गणतन्त्र दिवसको अवसरमा प्रभातफेरीसँगै विश्व धूम्रपानरहित दिवस र सगरमाथा दिवसका कार्यक्रम सँगै गरिएको हो ।
वडाका जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य चौकिका कर्मचारी, स्थानीय समाजसेवी, क्लबका सदस्य एवम् पदाधिकारी बिहान  सफाइ कार्यक्रम गरेका हुन ।
उता लालबन्दी १७ रानीगंजमा रहेको कालिन्जोर माविमा पनि गणतन्त्र दिवसको अवसर पारेर विश्व धूम्रपानरहित दिवस र सगरमाथा दिवसका कार्यक्रम गरिएको छ । विद्यालयमा शिक्षक, विद्यार्थी तथा अभिभावक समेतको सहभागितामा धूम्रपान नगरौं, आफ्नो फोक्सो र जीवन बचाऔं भन्ने नारासहित कार्यक्रम गरिएको हाे ।