बखतियार अलि/जेठ -१३,सीतामढ़ी, नेपाल- भारत सीमा संयुक्त समन्वय समितिकाे बैठक समाहरणालय स्थित विमर्श सभा कक्ष सीतामढी बिहारमा सप्पन्न भएकाे छ ।


बैठकमा सीतामढ़ीका जिलाधिकारी मनेश कुमार मीणा, पुलिस अधीक्षक मनोज कुमार तिवारी साथै कमांडेंट एस एस बी 51th एवं 20 th बटालियन, एडीएम राजस्व प्रमुखसहित एएसपी सीतामढ़ी समेतकाे बैठकमा उपस्थित रहेकाे थियाे ।
त्यसतै नेपालबाट उक्त बैठकमा सर्लाही, महाेतरी र रौतहटका सीडीओ, सहायक सीडीओ तीनवटै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरीका उपरीक्षक सहितका टाेली बैठकमा उपस्थित रहेका थिए ।


सुरक्षा संयन्त्रहरूकाे बैठकमा नेपाल- भारत सीमामा हुने मादक पदार्थ तथा एवम् तस्करी माथि पूर्ण प्रतिबन्ध लगाउने विषयमा छलफल भएकाे सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
बैठकमा उपस्थित दुबै देशका सुरक्षा प्रमुखहरू बीच सीमावर्ती क्षेत्रमा खुलेका मदिरा पसलहरूलाई सीमावर्ती क्षेत्र भनदा २/३ किलाे मिटर भित्र सार्नु पर्ने, भारतीय सुरक्षा संयन्त्रका अधिकारीहरूले नेपालका अधिकारीहरूलाई आग्रह गरेकाे थिए । साथै हातहतियारकाे तस्करी, मानव तस्करीका साथै दुई देशकाे मुद्राकाे तस्करी माथि पनि राेक लगाउने विषयमा सहमति भएकाे जनाएको छ ।
वर्षा याममा नेपाल-भारत सीमामा क्षेत्रमा हुने डुबानकाे समस्या र क्षति राेकनकाे लागि दुबै देशका प्रशासनले सतर्कता अपनाएर विपत ब्यबस्थापनकाे तयारीसमेत गर्ने सहमति भएकाे बताएको छ । सीमा अतिक्रमण तथा सीमा स्तंभहरूकाे मर्मतसम्भार गर्ने विषयमा पनि बैठकमा चर्चा भएकाे बताइएको छ ।