प्रकाश मैनाली / चियाेचर्चाे खबर
लालबन्दी, माघ २७ —सर्लाहीको चार स्थानीय तहले पालिकाभित्रका युवाहरुलाई सुरक्षा गार्ड सम्बन्धि तालिम प्रदान गरिरहेको छ ।
जिल्लाको ईश्वरपुर, हरिपुर, बलरा नगरपालिका तथा कौडेना गाँउपालिकामा सुरक्षा गार्ड सम्बन्धि तालिम सुरु भएको छ ।
ईश्वरपुर र हरिपुर नगरपालिकाले महिला सहभागिहरुको लागि र बलरा नगरपालिका तथा कौडेना गाँउपालिकामा पुरुष सहभागिहरुको लागि सुरक्षा गार्डको तालिम सुरु गरिएको हो ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्र्तगत व्यवसायिक सिप तथा तालिम केन्द्रको आर्थिक सहयोगमा जय मधेश सेक्युरिटि सर्भिस प्राईभेट लिमिटेड, जनकपुरको आयोजनामा तालिम संचालन भैरहेको हो ।
निःशुल्क संचालन भैरहेको तालिममा ३२ दिन सम्म २०÷२० जनाको समूह बनाई अवकाश प्राप्त नेपाली शेना र नेपाल प्रहरीले तालिम प्रदान गर्ने कार्यक्रमका संयोजक विशाल गुप्ताले चियोचर्चो खबरलाई जानकारी दिए । चार स्थानीय तहमा भैरहेको तालिमको सम्बन्धित पालिकाका प्रमुख तथा प्रतिनिधिले उद्धघाटन गरिसकेका छन् । अहिले प्रदान गरिरहेको तालिमको फागुन अन्तिममा समापन गरिने संयोजक गुप्ताले बताए । यसरी निःशुल्क रुपमा स्थानीयस्तरमै सुरक्षा गार्डको तालिम पाएपछि स्थानीय खुशी भएका छन् । तालिम पछि बिभिन्न स्थानिय तह तथा गाँउगाँउमा खुलेका बैँक तथा वित्तिय संस्थामा सुरक्षा गार्डका रुपमा काम गर्न सकिने र रोजगारी पाउन पनि सहज हुने विस्वास गरिएको छ ।