सर्लाही,जेठ-१३,नेपाली प्रेस युनियनको ३२ औँ स्थापना दिवसको अवसरमा शनिवार(आज) जिल्लाको जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्धाश्रममा फलफूल वितरण गरिएको छ ।


दिवसका अवसरमा शनिवार विहान लालबन्दी नगरपालिका – २ स्थित आश्रममा पुगेका युनियन अध्यक्ष कृष्ण थपलियासहितका पदाधिकारीहरूले यहाँ आश्रीत ५५ जना वृद्धवृद्धालाई फलफूल र फ्रुटी वितरण गरेका आश्रमकि व्यवस्थापक भवानी कोइरालाले जानकारी दिइन् ।
साे अवसरमा युनियनको मधेश प्रदेश कार्य समितिका सदस्य मुकेश झाले आश्रमलाई आफ्नो तर्फबाट ५ हजार १ सय ५ रुपैयाँ सहयोग समेत गरेका थिए ।

सहयोग रकम युनियन अध्यक्ष कृष्ण थपलियाले आश्रमका अध्यक्ष एवम् व्यवस्थापक भवानी कोइरालालाई हस्तान्तरण गरेका प्रेस युनियन सर्लाहीका सचिव रामबाबु खड्काले जानकारी दिए ।


युनियनको ३२ औँ स्थापना दिवसको अवसरमा आश्रम पुगेका नवनिर्वाचित अध्यक्ष थपलिया सचिव खड्का ,मधेस प्रदेश समिति उपाध्यक्ष साेम दियाली,प्रदेश समिति सदस्य मुकेश झा,राकेश गुप्ता,जिल्ला कार्य समिति सदस्य सुदर्शन रिजाल र रेडियो बरहथवाका प्रमुख घनश्याम सिंहलाई आश्रमका संरक्षक बासुदेवशरण कोइराला र अध्यक्ष एवम् व्यवस्थापक भवानी कोइरालाले देसल्ला,गम्छा र खादा लगाएर सम्मान गरेका थिए।


स्थापना दिवको अवसरमा प्रजातन्त्रका सेनानी तथा नेपाली काँग्रेस पुर्वसभपति एवम् आश्रमका संरक्षकसमेत रहेका वासुदेव शरण कोइरालाले शुभकामना व्यक्त गर्दै , प्रजातन्त्र ठुलो बलिदानीबाट प्राप्त भएकोबताउदै यसको रक्षार्थ प्रजातन्त्रको एउटा मजबुत स्तम्भ पत्रकारिता क्षेत्र महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने तर्क गरे ।


उनले राजनीतिमा सामाजिक कार्यकर्तालाई हेयकाे दृष्टिकोणले हेर्न क्रम बढेको भन्दै दु:ख व्यक्त गरे । उनले यस्ता बेथितिलाई चिर्न पत्रकारिता क्षेत्र जिम्मेवार ढंगले दायित्व बाेधकासाथ अघि बढ्नुपर्ने तर्क गरे ।