भारतीय नागरिक अशोक प्रसाद गुप्तालाई सम्मान गर्दै ,चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो ।

सर्लाही जेठ -१२, जिल्लाकाे चन्द्रनगर गाउँपालिका वडा नं. ४ गढाटोलमा गढीमाई मन्दिर निर्माण गर्ने भारतीय नागरिक अशोक प्रसाद गुप्तालाई गाउँपालिकाले सम्मान गरेको छ ।भारतको सितामढी जिल्ला स्थित सुरसण्ड बजारका गुप्ताले करिव १९ लाखको लागतमा गढीमाई मन्दिर निर्माण गरेका हुन ।

उनलाई धार्मिक, साँस्कृतिक र पर्यटकिय बिकासमा योगदान पुर्याएको भन्दै चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले एक कार्यक्रम गरी सम्मान पत्र प्रदान गरेका हुन । चन्द्रनगर वडा नं. ४ गढाटोलमा अवस्थित, धार्मिक तथा साँस्कृतिक आस्था धरोहर गढीमाई मन्दिर निमार्णको लागि आफ्नो व्यक्तिगत खर्चमा मौलिक शैलिमा सुन्दर र गुणस्तरीय मन्दिर निर्माण गराई आम जन मानवको श्रद्धा र विश्वासलाई बलियो बनाउन भारतीय नागरीक गुप्ताले सहयोग पु¥याएको गाउँपालिका अध्यक्ष महतोले बताए ।

गुप्ताले सरकारी स्तरबाट हुने काम भन्दा बढि गुणस्तरीय काम गरेर उदाहरणीय र प्रेरणादायी कार्य गरेको गाउँपालिका अध्यक्ष महतोले बताए ।
भारतीय नागरीक गुप्ताले बुधवार हिन्दु परम्परा अनुसार गढीमाईको मुर्ति स्थापना गराएका थिए । समाजसेवी गुप्ताकोे भाकल पुरा भएपछी मन्दिर निर्माण गरेको बाताए ।गढाटोलमा धेरै वर्ष देखि गढीमाईको खुल्ला ठाउँमा पूजा आजा हुदै आएको थियो। मन्दिर निर्माण सम्पन्न भए पछि बुधवार हिन्दु परम्परा अनुसार गढीमाईको मुर्तिमा प्राण प्रतिष्ठा भएको स्थानिय जयमंगल गुप्ताले जानकारी दिए ।