सर्लाही,जेठ-८,हावाहुरीले रेडियोको टावर ढालेपछि सर्लाहीको मलंगवामा रहेको स्वर्णिम एफएमको प्रसारण शुक्रवारदेखि बन्द भएको छ।
हावाले टावर लडाउँदा त्यसमा रहेको चारवटा एन्टीना डभाइडरसँगै अन्य उपकरणमा पनि क्षति पुगेकाले रेडियोको प्रसार बन्द भएको स्वर्णिम एफएमका अध्यक्ष मनोज यादवले जानकारी दिए ।


रेडियो प्रसारण भइरहेको बेला हावाहुरीसँगै चट्याङ पर्दा ट्रस्मिटर,मिक्चरमा समेत क्षति पुगेको उनको भनाइ छ। टावर भाँचिएर डल्दा सोलार प्यानल फुटेको र टावर तीन ठाउँमा भाँचिएकाले रेडियो प्रसारणमा आँउन अझै केही दिन लाग्ने बताएको छ।


रेडियोमा करिब १० लाख भन्दा बढी क्षति भएको अध्यक्ष यादवले बताए ।