सर्लाही,जेठ -६, सर्लाहीको पर्सा गाउँपालिकामा अभिभावक बिहिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

बाल कल्याण समाज सर्लाहीले पर्सा गाउँपालिका वडा नं. ४ कविलासीमा रहेको श्री आधारभुत विद्यालयमा एक कार्यक्रमको आयोजना गरि पालिका भरिका विभिन्न ४ वटा सामुदायिक बिद्यालयमा अध्ययनरत २५ जना अभिभावक बिहिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हाे । उनीहरूलाई कापी,डटपेन, औजार बक्स,कलर बक्स लगायतको शैक्षिक सामग्रीमा वितरण गरिएको बाल कल्याण समाजले जनाएको छ ।


पर्सा जिल्ला स्थित बिरगंजमा रहेको माईस्थान बिद्यापीठ माध्यमिक विद्यालय , ठाकुर राम बहुमुखी क्याम्पस , सन लाईट अंग्रेजी मा.वि. , हेरिटेज मा. वि. बिरगंज गण्डक , साउथ जोन मा. वि. , र अल्पाईन मा. वि.मा अध्यनरत बिद्यार्थीहरुको आर्थिक सहयोगमा बाल कल्याण समाज सर्लाहीले उक्त शैक्षिक सामग्री वितरण गरेको संस्थाका अध्यक्ष सुन्दर श्याम रायले जानकारी दिए ।