ईश्‍वरपुर,जेठ -६, नेपाल शिक्षक सङ्‌घ ईश्‍वरपुरको बैठक सम्पन्‍न भएको छ। बैठक आसन्‍न महासङ्घ अधिवेशनमा केन्द्रित रहेको नेपाल शिक्षक सङ्घ ईश्वरपुरका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए।


अध्यक्ष घिमिरेका अनुसार बैठकले नगरको शिक्षक महासङ्घ पदाधिकारीसहितको समिति गठनका लागि नगरभित्रका सम्पूर्ण शिक्षक व्यानरसँग सहमति, संवाद र सहकार्यका माध्यमबाट गठन गर्ने प्रस्ताव अघि सारेको हाे।
नेपाल शिक्षक सङ्घले संवाद कार्य अघि बढाउन नेपाल शिक्षक सङ्घ नगर सभापतिको संयोजकत्वमा एक संवाद समितिसमेत गठन गरेको जनाएको छ।


संवाद समिति सदस्यमा गणेशबहादुर कार्की, रमेश चौधरी, भीमबहादुर खड्का, लक्ष्मी बानियाँ रहेका छन्। शिक्षकको पेसागत हकहित संरक्षण र ईश्‍वरपुर नगरको शिक्षाको समग्र विकासका लागि नगर महासङ्घ गठन गर्न आवश्यक रहेको सङ्घका सभापति घिमिरेले बताए।