सर्लाही,बैशाख–३०, नेपाल स्वास्थ्यकर्मी संघ सर्लाही, नेपाल प्रेस युनियन सर्लाही र नेपाल शिक्षक संघ सर्लाहीले नेपाली काँग्रेस निकटका ट्रेड युनियनहरुको छाता संगठन नेपाल ट्रेड युनियन काँग्रेसको जिल्ला अधिवेशन बहिस्कार गरेका छन् ।
स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष रामस्वरुप राय, प्रेस युनियनका अध्यक्ष कृष्ण प्रसाद थपलिया र नेपाल शिक्षक संघका अध्यक्ष प्रवीण कुमार पासवानले संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दैै अधिवेशन बहिष्कार गरेको जनाएका हुन् ।

विज्ञप्तीमा भनिएको छ, –‘नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिबाट गरिएको कुठाराघा पूर्ण क्रियाकलाप व्यक्तिगत स्वार्थका कारण पूर्ण राजनैतिक रुपले ओतप्रोत भई सर्लाही जिल्लाका श्रमिकहरुको वर्गिय हित र अधिकार माथि आँच आउने र ठेस पुग्ने गरि गरिएको क्रियाकलाप प्रति यस जिल्लाका क्रियाशील आवद्ध संस्था नेपाल शिक्षक संघ, नेपाल प्रेस युनियन र नेपाल स्वास्थ्यकर्मी संघ खेद प्रकट गर्दछ । अधिवेशन सुरु गरिसकेपछि मात्रै नेपाल प्रेस युनियनको सदस्यता प्रमाणिकरण भएको मौखिक जानकारी गराउनु दुःखद हो । ’विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्ती मार्फत राष्ट्रिय समितिले गोप्य रुपमा मिति निर्धारण गरेको, विद्यान विपरीत जिल्ला कार्यबाहक अध्यक्षले कार्यसमितिको पूर्ण बैठक नै नगरी क्रियाशिल आवद्ध संस्था र सदस्यहरुलाई पूर्णरुपले जानकारी नै नहुने गरी २४ घण्टाभित्रमा अधिवेशन गर्न गरेको निर्णय मान्य नहुने र सो जिल्ला अधिवेशन जिल्लाकै सबैभन्दा ठुलो र क्रियाशील आवद्ध संस्थाहरु नेपाल शिक्षक संघ, नेपाल प्रेस युनियन र नेपाल स्वास्थ्यकर्मी संघले आधिकारीक रुपमा भाग लिन सक्ने समय सिमा नभएकाले बहिसकार गर्ने घोषणा गरेका छन् ।
उनीहरुले विज्ञप्तीमा भनेका छन्, ‘यसबाट पर्ने सम्पूर्ण असरको जिम्मेवारी नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय समिति, प्रदेश समिति र जिल्ला समितिमा रहने छ ।

ट्रेड युनियन काँग्रेस सर्लाहीका कार्यबहाक अध्यक्षले अधिवेशनको मितिवारे जानकारीनै नगराए पछि अधिवेशन कहिले हुन्छ भनि बुझ्न पुगेका केही आबद्ध संस्थाका अध्यक्षसंग २४ घण्टा भित्रै अधिवेश गर्ने समयसीमा निर्धारण गराएका थिए । विरोधका बावजुत मायुनुटमा हस्ताक्षर गराएपिछि आफ्ना सदस्यहरुले भागलिन नसक्ने गरि अधिवेशन सुरुगरेर नामावली दिने काम गरेको भन्दै,नेपाल प्रेस युनियन, नेपाल शिक्षक संघ, र नेपाल स्वास्थ्यकर्मी संघसर्लाहीले अधिवेशन बहिस्कार गर्दै, सवै संगठनलाई अधिवेशनमा भागलिने वातावरण तयार माग गरेको हो ।