सर्लाही,वैशाख- २५,सर्लाहीको हरिपूर्वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा निमेष मिश्र तोकिएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अत्तिरिक्त समूहमा कार्यरत उपसचिव मिश्रलाई मन्त्रालयले आइतबार हरिपुर्वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

उनीसहित पहिलो पोष्टिङका रुपमा पदस्थापन गरिएका १६ जना उपसचिवहरुलाई स्थानीय तहमा खटाइएको हो ।
हरिपुर्वा नगरपालिकामा केही दिन अघि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव हाजिर भएको केहीबेरमै सरुवा भएका थिए । यसरी रिक्त भएको प्रमुख प्रशासकीय अधिकृतको पदमा मन्त्रालयले आइतबार मिश्रलाई तोकि पठाएको छ ।


उनीसँगै मन्त्रालयले सर्लाहीको हरिपुर नगरपालिकामा उपसचिव दिवाकर भुजेललाई नै खटाएको छ । भुजेल यसअघि पनि सोही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत थिए । उनको बढुवा भएपछि पहिलो पोष्टीङ सोही नगरपालिकामा नै भएको हो ।