सर्लाही,वैशाख-२२,सर्लाही क्षेत्र नं.१ (ख) की प्रदेश सभा सदस्य बेची लुङ्गेलीले महिलाहरूलाई आर्थिक सामाजिक रूपमा अघि बढाउन सीप र राेजगरीसंग जाेड्न आवश्यक रहेको बताएकी छिन् ।
सीपले राेजगारी सृजना गर्ने र महिलाहरू आर्थिक रूपमा सबल हुने उनको विश्वास छ ।उनले महिलामा सीप बिकास गर्न आफुले सहयोग गर्ने बताउदै,स्थानीय तहलाई पनि आवश्यक बजेट व्यवस्था मिलाइदिन आग्रह गरिन । महिला हिंसा विरूद्धकाे २ दिने चेतनामूलक कार्यक्रममा बाेल्दै कार्यक्रमकाे प्रमुख अतिथिसमेत रहेकी प्रदेश सभा सदस्य लुङ्गेलीले यस्तो बताएकी हुन ।सामाजिक संस्कार र संस्कृतिकाे कारण महिला हिंसाको घट्ना घट्न नसकेको उनले बताइन् ।
उनले सरल संस्कृति र संस्कारको बिकाश गर्न आवश्यक रहेको बताइन् ।सामाजिक आन्दोलनमा महिलाको भूमिका महत्त्वपूर्ण रहेको भएपनि महिला र पुूरूस बीच ठुलो खाडल रहेको बताइन्।
लालबन्दी नगरपालिका प्रमुख (मेयर) वासुदेव अधिकारीले लैङ्गकि समानताको लागि एक भएर अघि बढ्न आग्रह गरे ।
माया,सम्मान र शिष्टता बिर्सदैजादा समाजमा हिंसाको घटना बढेको बताउदै कार्यक्रमकाे बिष्ट अतिथिसमेत रहेका मेयर अधिकारीले बुद्धले दिएको उपदेशहरूबाट प्रेरणा लिएर अघि बढ्नुपर्ने बताए ।
समानताको कुरा गरिरहदा लालबन्दीमा छाेरिलाई छाेरा सरह समान अंश दिने सम्भवतः आफुनै पहिलो व्यक्ति हुनसक्ने उनको तर्क थियो । मेयर अधिकारीले छाेरा रछाेरीलाई समान शिक्षा र सम्पत्ति दिन आवश्यक रहेको तर्क गरे ।
फरक प्रसंगमा मेयर अधिकारीले लालबन्दीकाे बिकाशकाे लागि आफुले ५ वर्षमा ५ वटा मुख्य काम गर्न प्रक्रिया अघि बढाएको बताए ।
उनले पहिलो काम लालबन्दीकाे ऐलानी जग्गा,सुकुम्बासी र अव्यवस्थित बसाेबासीकाे समस्य समाधान,नगर अस्पताल निर्माण ,लालबन्दी दुम्जा सडक, प्राविधिक शिक्षा अघि बढाउन काठमाडौं विश्वविद्यालय संग सम्झौता गरि परवानीपुरमा कृषि,वन विज्ञान अध्यापन र युवाहरूलाई खेलकुदका क्षेत्रमा अघि बढाउनका लागि रंगशाला निर्माणलाई प्राथमिकता राखेर कार्य प्रारम्भ गरिसकेको बताए ।
गाउँ सुधार विकास संस्था लालबन्दी ७ की अध्यक्ष लक्ष्मी (प्रधान) गाेलेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकी विष्ट अतिथि लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना माया पाख्रिन,महिला नेतृ पम्फा लामा,सानु पाख्रिनले महिला हिंसा अन्त्यका लागि चेतनामूलक कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने तर्क गरे ।
लालबन्दी नगरपालिकाकाे आर्थिक सहयोग तथा गाउँ सुधार विकास संस्था लालबन्दी ७ काे आयोजना शुक्रवारबाट प्रशिक्षणकाे माध्यमबाट चेतना अभिवृद्धि गर्ने उद्देश्यले सुरु भएको कार्यक्रममा पार्वती विश्वकर्माले प्रशिक्षण प्रदान गर्ने संस्थाकी उपाध्यक्ष लक्ष्मी (खरेल) थपलियाले जानकारी दिइन् ।हाेटल एभरेस्ट लालबन्दीमा सुरु भएको प्रशिक्षण शनिवार सम्म चल्ने कार्यक्रम सञ्चालिका गीता विश्वकर्मा जनारी दिइन् ।