सर्लाही,बैशाख—२२, मंगलवारबाट अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीको सेवा आजबाट सूचारु हुने भएको छ । विद्युत् सर्ट भई आगलागी हुदाँ कार्यालयको उपकरण र वाइरिङ जलेपछि सेवा अवरुद्ध भएको थियो ।


जलेको वाइरिङ पुनः मर्मत गरि कम्प्युटर, प्रिन्टर तथा आवश्यक उपकरणको व्यवस्था समेत मिलाई आज (शुक्रवार) देखि सेवा नियमित गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मलंगवाद्वारा जारी सूचनामा उल्ले ।

आज वुद्ध जयन्तीको सार्वजनिक बिदा परेपनि जिल्ला प्रशासन कार्यालयले नागरिकता सम्वन्धी सेवा, राहदानी सम्वन्धी सेवा र राष्ट्रिय परिचय पत्र सम्वन्धी सेवा प्रवाह गर्ने जनाएको छ । आगलागीका कारण कार्यालयको सेवा प्रवाह तीन दिन ठप्प हुदा नगरिक यो सेवाबाट बन्चित भएका थिए ।