मुकेश झा/सर्लाही, वैशाख -१७,स्थानिय निर्वाचन पछि निर्वाचित जनप्रतिनिधीहरुका बीच भएको विवादकारण हरिपूर्वा नगरपालिकाले बिकाशका गतिविधिहरू अघि बढाउन सकिरहेको छैन।
नगरपालिकामा एक महिना भन्दा बढी समयदेखि प्रमुख प्रशासकीय अधिकृत बिहिन भएको छ । प्रमुख प्रशासकीय अधिकृत नभएपछि बिकाशका गतिविधि ठप्प प्रायः रहेको स्थानीयले बताएका छन् ।


त्यसमा पनि करिब १ महिना भन्दा बढि समय देखि नगरपालिकामा तालाबन्दीले झनै समस्या थपिएको स्थानीयले बताएका छन् ।
हरिपूर्वा नगरपालिका का तत्कालिन प्रमुख प्रशासकिय अधिकृत बसन्त न्योपानेको सरुवा भएको १ महिना पछि संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बैशाख १४ गतेम मुख्यमन्त्रि तथा मन्त्री परिषदको मधेश प्रदेश कार्यालयमाबाट शम्भु प्रसाद यादवलाई पठाएको थियोे ।


यादवलाई खटाइएको तीन दिन नबित्दै पुनः सोही स्थानमा यथावत रहने पत्र पठाए पछि हरिपूर्वा नगरपालिका पुनः प्रमुख प्रशासकिय अधिकृत बिहिन भएको हाे ।


संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयलेकाे दोहरो पत्रकाे कारण नगरपालिकाका नागरिकले सास्ती खेप्नु परेकाे हरिपूर्वा नगरपालिका वडा नम्बर – २, का पूर्व वडाध्यक्ष पुरुषोत्तम रायले बताए ।