सर्लाही,वैशाख-१६,नेपाल सरकारका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलितहरुले सामना गर्नुपरेको विभेद र असमानता दलितको मात्रै न भएर जनयुद्ध तथा मधेस आन्दोलनमा भाग लिएकाहरुको पनि समस्या भएको बताएका छन् ।


सर्लाहीको लालबन्दीमा भएको दलित मुक्ति मोर्चा नेपाल मधेश प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले जनयुद्धबाट दलित तथा उत्पीडित वर्गको मुक्ति भएको, सामान्ति तथा निरंकुश राजतन्त्रको अन्त्य भएको बताउँदै नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष समेत रहेका गृहमन्त्री श्रेष्ठले उत्पीडनको समस्यालाई जनयुद्धले समाधान गरेको भएपनि त्यो व्यावहारिक रूपमा अझै पनि लागू हुन न सकेको बताए ।


उनले नेपालमा भएका सम्पूर्ण जातीय शोषण तथा अन्यायको अन्त्य गर्न संगठनले अन्य समुदायसँग मिलेर संघर्ष गर्नु आवश्यक रहेको बताउँदै पार्टीको तर्फबाट समेत दलित समुदायको मुक्तिको लागि विशेष नीति नियम बनाएर अघि बढ्ने बताए । उनले पार्टिले दलित दलितहरुको जीवन उकास्न तथा राज्यका विभिन्न क्षेत्रमा समानुपातिक समावेश गराई उनीहरूको अधिकार सुनिश्चित गर्न केन्द्रीय प्रयासहरु भइरहेकोले नेपालमा नयाँ प्रकारको लोकतन्त्र स्थापनामा दलित वर्ग, उत्पीडित वर्गको विशेष भूमिका रहेको बताए । उनले दलित तथा उत्पीडित वर्गहरुको हक अधिकार सुनिश्चित भए मात्र देशमा वर्गीय शान्ति स्थापना हुने जिकिर समेत गरे ।
उनले मिटर ब्याजीबाट पीडित व्यक्तिहरूको समस्याको समाधानको लागि सर्लाही लगायत विभिन्न जिल्लाहरुमा विभिन्न निकायका प्रतिनिधिहरुको संलग्नतामा विशेष समिति गठन गरिएको र मीटर ब्याजीका दोषीहरुलाई कारवाही गर्न सरकारबाट विशेष पहल भइसकेको र कतिपय दोषीहरुलाई कारवाही समेत भइसकेको बताए ।