सर्लाही,वैशाख -१६, सर्लाहीको ईश्वरपुर नगरपालिका १ पोखरीयास्थित जनता प्राथमिक विद्यालयको नयाँ व्यवस्थापन समिति चयन गरिएको छ ।
आज (शनिवा) भएको अभिभावकहरुको भेलाले स्थानीय मकसुद आलम अन्सारीको नेतृत्वमा सर्वसम्मत नयाँ व्यवस्थापन समिति चयन गरेको विद्यालयले जनाएको छ ।
नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अन्सारीसहित सदस्यहरुमा चन्द्रदेव राम, कुर्वान अन्सारी, अनिल कुमार चौधरी, महिला सदस्यमा जनिसा खातुन, जरिना खातुन, वडा प्रतिनिधि सदस्य हासिम रेजा अन्सारी र सदस्य सचिव रामचन्द्र चौधरी(प्रधानाध्यापक) चयन भएको विद्यालयका प्रधानाध्यापक चौधरीले जानकारी दिए ।
सो विद्यालयमा यसअघि पनि नयाँ व्यवस्थापन समिति चयन गर्ने प्रयास भएको थियो । तर सर्वसम्मत नभएपछि आज भएको अभिभावक भेलाले सर्वसम्मत नयाँ व्यवस्थापन समिति चयन गरेको विद्यालयले जनाएको छ ।