सर्लाही,वैशाख -१६, सर्लाहीको हरिवनमा हाम्रो प्रतिबद्धता : विचार अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रता भन्ने  मूल नाराका साथ प्रथम राष्ट्रिय लेखक दिवस २०८० मनाइएको छ ।


नेपाली लेखक सङ्घ सर्लाही शाखाको आयोजनामा हरिवन – ११, स्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा नेपाली लेखक सङ्घ सर्लाही शाखाले शनिवार (आज) मुक्तक, कविता तथा गजल वाचन गरेर प्रथम राष्ट्रिय लेखक दिवस २०८० मनाइएको हाे ।


दिवसको अवसरमा मुक्तककार हरिकृष्ण काफ्ले ,छन्द कवि कुमार दाहाल ´कुसुम´, गजलकार सुमित्रा आचार्य, गद्यकवि सुमन घिमिरे ´अग्रिम´, गजलकार विवश पौडेल, गजलकार कवि सुवेदी ´कञ्जुश`, मुक्तककार रामनारायण चौधरी, मीना देवकोटा, प्रेम घिमिरे, हरि पङ्‌गेनी, जीवन आचार्य, तेजनारायण आलेलगायतका साहित्यकारहरूले मुक्तक, कविता तथा गजल वाचन गरेका थिए ।
कार्यक्रममा भवानी घिमिरे, नेपाली काङ्ग्रेसका सर्लाहीका सचिव निरज कार्की, पत्रकारहरू कृष्ण थपलिया, सोम दियाली ,राकेश गुप्तासमेतकाे उपस्थिति रहेको थियो।