काठमाडौं,वैशाख-१५,नेपाली कांग्रेस मधेस प्रदेशका नेताहरूले उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्कासंग शुक्रवार (आज)भेटेर ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा यस्तो भनिएको छ👇️


नेताहरूले राष्ट्रिय गाैरवकाे आयोजना निजगढ -काठमाडौं द्रुतमार्गकाे काम पूर्व निर्धारित समयसिमा २०८०/०८१ भित्रै सम्पन्न गर्न कानुन निर्माण गरि बजेट व्यवस्था मिलाईदिन आग्रह गरेका हुन ।

ज्ञापनपत्र मार्फत कांग्रेस नेताहरूले मधेस प्रदेशको ठुलो औधाेगिक नगरी वीरगन्जबाट नजिक रहेको प्रस्तावित निजगढ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई यथासक्य चडाे अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
ज्ञापनपत्र बुझाउन पुगेका नेताहरू मध्येका एक सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहका अनुसार उपप्रधान तथा रक्षामन्त्री खड्काले द्रुतमार्ग निर्माण कार्यमा देखिएको समस्या दुई महिना भित्र समाधान गरि पूर्व निर्धारित समय सिमा भित्रै निर्माण कार्य सम्पन्न हुने आश्वासन दिएका छन् ।

रक्षामन्त्री खड्काले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलनिर्माण प्रक्रिया पनि तत्काल अगाडि बढाउने आश्वासन दिएका सभापति सिंहले जानकारी दिए ।
ज्ञापनपत्र बुझाउन मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव,उपसभापति वीरेन्द्र प्रसाद सिंह,सह-महामन्त्री महेन्द्र यादव,आनन्द ढुंगाना,जंगीलाल राय,जवाहरलाल यादव,प्रह्लाद कुमार क्षेत्रीलगायत पुगेका थिए ।