सर्लाही,वैशाख -११, जिल्लाकाे ईश्‍वरपुर नगरपालिकाले आफ्नो नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूको समग्र सुधार अभियानको थालनी गरेको छ।
ईश्‍वरपुर नगरपालिकाले वर्ष २०८० लाई सामुदायिक विद्यालय सुधार अभियान वर्षका रूपमा मनाउने कार्य  प्रारम्भ गरेको हाे।
गुणस्तरीय शिक्षा प्राप्त गर्ने प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार सुनिश्‍चित गर्न आवश्यक रहेको तथ्यलाई हृदयङ्‌गम गर्दै यो अभियान प्रारम्भ गरिएको ईश्‍वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्यले बताए।


श्री ईश्‍वरपुर बेला माध्यमिक विद्यालय रामनगर मनहर्वा -९, को समन्वयमा प्रारम्भ गरिएको उक्त कार्यक्रममा नगर प्रमुख मनोजकुमार आचार्य, उप-प्रमुख रञ्जिता चौधरी, शिक्षा अधिकृत दिनेश लुईँटेल, सागरनाथ मा.वि.का प्रधानाध्यापक रामबिहारी महतो, सरस्वती माध्यमिक विद्यालयका वि.व्य.स. अध्यक्ष पुरुषोत्तम बडाल, नारायण मा.वि.का वि.व्य.स.अध्यक्ष रुस्तम मिकरानी, नेपाल शिक्षक सङ्घ सर्लाहीका अध्यक्ष प्रवीणकुमार पासवान, नेपाल शिक्षक महासङ्घ ईश्‍वरपुरका अध्यक्ष लक्ष्मी बानियाँलगायत विभिन्‍न विद्यालयका वि.व्य.स.अध्यक्ष हरू, प्रधानाध्यापकहरू, अभिभावकहरू, विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण शिक्षक मधुसुदन थापाले गरेका थिए।