सर्लाही,वैशाख -११, जिल्लामा पहिलो पटक नापी कार्यालय सर्लाहीले चन्द्रनगरमा जग्गाधनी दर्ता प्रमाण पुर्जा  वितरण गरेको छ ।
चन्द्रनगर गाउँपालिका प्रमुख राजकुमार महताे र नापी कार्यालय सर्लाहीका प्रमुख संजय मनान्धरले जिल्लामा पहिलो पटक चन्द्रनगर गाउँपालिका वडा नं.-४,स्थित गढाटोलमा लालपुर्जा वितरण गरेका हुन ।
आज (सोमवार) बिहान दलित बस्तीका ४५ जनालाई जग्गा धनी पुर्जा  (लालपुर्जा) वितरण गरेको हाे । चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोको पहलमा पुस्तौ पुस्ता देखि जोत भोग गरिरहेको गाउँ ब्लक जग्गाको लालपुर्जा सम्बन्धित व्यक्तिहरुलाई प्रदान  गरिएको हाे  ।


स्थानिय नागेन्द्र महराले  पहिलोपटक जग्गा धनी पूर्जा प्राप्त हुदा  आफुहरुलाई धेरै खुसि लागेको बताए ।´आफ्नो पिता पूर्खा देखि लालपुर्जा थिएन ,´ धेरै दुःख लाग्थाे उनलेे भने । जग्गा धनी पूर्जा  प्राप्त भएपछि आफुहरुकाे दु:खकाे दिन गएको उनले बताए । ´अप्ठ्यारोमा बैंकबाट ऋण लिउनत भन्दा धितो राख्ने सम्पत्ति थिएन,साहुले पत्यादैनथे,अब सहज भयो खुसी गागेकाेछ ,´उनलेे भने, । 

माझी मुसहर समुदायका स्थानीयकाे कथा उस्तै छ,उनीहरूले आफुहरू संग तीन  पुस्ता सम्म पनि जग्गाधनी दर्ता प्रमाण पुर्जा नभएको मा अहिले जग्गा धनी पूर्जा प्राप्त हुदा आफुहरूलाई निकै खुसी लागेकाे बताए ।
वडा नं. ४ का  संझा देवी माझीले बर्षौ वर्ष देखी आफुहरू जग्गा भएर पनि जग्गाकाे अधिकार बिहिन भएर बस्न बाध्य रहेकोमा अहिले  धनि पूर्जा प्राप्त हुदा खुसि लागेको बताईन् ।
बिगत १५ वर्ष यता गाउँ ब्लकको जग्गाहरु नापी भए पनि  जग्गाधनी दर्ता प्रमाण पुर्जा जारी भएका थिएनन् , तर ३ वर्षमै चन्द्रनगर गाउँपालिकाको पहलमा सर्लाहीमा पहिलो पटक गाउँपालिकामै जग्गा धनी पुर्जा वितरण भएको नापी कार्यालय सर्लाहीका प्रमुख संजय मनान्धरले बताए।


नापी कार्यालयमा गाउँपालिका अध्यक्ष महतोले जिल्लाका २० वटै पालिकाहरु मध्ये पहिलो पटक  आएर  जग्गाधनी दर्ता प्रमाण पुर्जाको विषयमा छलफल गरेकाे र आज जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण भइरहेको नापी कार्यालय मलंगवाका प्रमुख मनान्धरले बताए ।
गाउँपालिका अध्यक्ष महतोले गाउँ ब्लकको लाल पुर्जा वितरण हुनु भनेको चन्द्रनगर गाउँपालिकाकाे लागि शुभ संदेश भएको बताए ।
अध्यक्ष महताेले राष्ट्रिय भुमी आयोग अन्तर्गत चन्द्रनगरमा  लगत संकलन कार्य भइसकेको र आवश्यक प्रकृया पुर्‍याई भूमीहिन,दलित, सुकुम्वासी र अव्यवस्थित बसाेबासीलाई जग्गा धनी पुर्जा वितरण गरिने बताए ।