पुष्पराज थपलिया
विराटनगर , माघ २५— नेपाल राष्ट्रिय मारवाडी यूवा मञ्चको आयोजनामा मारवाडी प्रीमियर लिग क्रिकेटको आठौे संस्करण विराटनगरमा हुने भएको छ ।
आयोजक मारवाडी यूवा मञ्चले आज विराटनगरमा पत्रकार सम्मेलन गरि प्रतियोगिता फागुन ५ गतेदेखि विराटनगरमा हुने जानकारी गराएको छ ।
खेल सम्योजक मनिष अग्रवालले फागुन ४ गतेदखि ८ गते सम्म हुने प्रतियोगिता लीगकम नकआउटको आधाररमा खेलाइने बताए प्रतियोगितामा १० बटा लिग खेल हुने संयोजक अग्रवालले बताए । लिगको टप पहिलो र दोस्रो हुने टिमविच फाइनल प्रतिस्पर्धा हसने आयोजकले जनाएको छ ।
मारवाडी समुदायविच खेलाइे प्रतियोगितामा नेपाल अग्रवाल युवा मञ्च, मेहेश्वरी युवा मञ्च , ओस्वाल युवा मञ्च , नेपाल मारवाडी ब्राहण युवा मञ्च स्वर्णकार युवा मञ्चका ५ टिमले प्रतिस्पर्धा गर्ने छ ।
विजेताले ४१ हजार तथा ट्रफि र उप विजेताले १५ हजार तथा ट्रफि हात हात पार्ने छ । प्रतियोगिताको म्यान अफ द सिरिज हुने खेलाडीले ५१ सय नगद तथा प्रत्येक खेलको म्यान अफ म्याच हुने देलाडीले नगद २१ सयका साथ ट्रफि हात पार्ने छ । उत्कृष्ट बलर तथा उत्कृट ब्याट्म्यानसमेत नगद पुरस्कार तथा ट्रफि हात पार्ने छ । प्रतियोगिता सम्मपन्न गर्न करिव ४ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।