सर्लाही,वैशाख- ८, पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय यादवले गाउँपालिकाको शिक्षा सुधारका लागि आफूले काम गरिरहेको बताएका छन्।
बिहीबार स्थानीय तहमा बालबालिका र सरोकारवालाहरुबीच समावेशी शिक्षा सम्बन्धी बहस कार्यक्रमका क्रममा बालबालिकाले सोधेको प्रश्नको जवाफ दिनुहुँदै गाउँपालिका अध्यक्ष यादवले यस्तो बताएका हुन ।


बालबालिकाले गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा भएको शिक्षकहरुको अभाव, कक्षा कोठाको अभाव, अपाङ्गमैत्री भवनहरुको अभाव, गुणस्तरीय शौचालयको अभाव, ल्याप तथा प्रयोगशालाहरुको अभावलगायतका अभावहरु कहिले सम्बोधन हुन्छ ? भनेर गरेको प्रश्नको जवाफ दिनुहुँदै गाउँपालिका अध्यष यादवले आफूले पदधार सम्हाले यता पालिकाका विद्यालयहरुको अवस्था पहिलेभन्दा सुधारोन्मुख भएको दाबी गर्नुहुँदै पालिका भित्रका सबै विद्यालयहरुलाई प्रदेशकै नमूना विद्यालय बनाउने गरी आफूले योजनावद्ध ढंगले काम गरिरहेको बताए । उनले आफ्नो योजनामा विभिन्न संघसंस्थाको सहयोग अपरिहार्य रहेको भन्नुहुँदै आरआरपिकेले सञ्चालन गरेको समावेशी शिक्षा सिकाई परियोजना निकै नै प्रभावकारी रहेको बताए।
अष्ट्रेलियन एडको आर्थिक सहयोगमा ह्याण्डीक्याप इन्टरनेशनल, वल्र्ड  भिजन इन्टरनेशनल, वल्र्ड एजुकेशन, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके)  सर्लाही र सोही गाउँपालिकाको साभेदारीमा सञ्चालित सिकाई परियोजना अन्तर्गत पर्सा ६ स्थित प्रावि पर्साको प्राङ्गणमा भएको समावेशी शिक्षा सम्बन्धी बहसमा पर्सा गाउँपालिका अन्तर्गतका विभिन्न ८ ओटा सामुदायिक विद्यालय, ८ ओटै मदरसा, विभिन्न बालक्लव, रुपान्तरण कक्षाका विद्यार्थीहरुले समावेशी शिक्षा सुदृढीकरणका सवालमा गाउँपालिका अध्यक्ष यादव, वडाअध्यक्षहरु सतेन्द्र कुमार राय, राकेश राम, महिला, बालबालिका तथा जेष्ठ नागरीक शाखाकी प्रमुख चन्दा यादव, गाउँपालिकाका सूचना अधिकृत विमलेश राय, कार्यपालिका सदस्य प्रविण रजकलगायतलाई प्रश्न गरेका थिए ।


बहस कार्यक्रममा प्रधानाध्यापकहरु रामइश्वर राय, सुशिल राय, राजनारायण यादव,  रामचन्द्र राय, राजमति साह, आरआरपिकेका संरक्षण संयोजक नागेन्द्र प्रसाद साह, आरआरपिकै कै बरिष्ठ कार्यक्रम संयोजक आदित्य पटेल, पर्सा गाउँपालिकाका वाड सदस्य रामसागर साह, अरुण कुमार मण्डल लगायतको आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा सिकाई परियोजनाका कर्मचारीहरु राजनारायण साह, मेथुल साह, पिंकी यादव, अनु पण्डित, झुमा पाँचकोटी लगायतको उपस्थिति रहेको थियो ।


गाउँपालिकाका अध्यक्षले व्यानर वाचन गरी उद्घाटन गर्नुभएको कार्यक्रममा आरआरपिकेका वरिष्ठ कार्यक्रम संयोजक आदित्य पटेलले स्वागत मन्तव्यसहित कार्यक्रमको उदेश्यको बारेमा प्रष्ट पार्नुभएको थियो । त्यस्तै आरआरपिकेका संरक्षण संयोजक नागेन्द्र प्रसाद साहले कार्यक्रममा सहभागिहरुलाई धन्यवाद ज्ञापन गरेका  थिए।
कार्यक्रमको सञ्चालन पत्रकार सोम दियालीले गर्नुभएको थियो । पर्सा गाउँपालिकामा शिक्षा नीति बनि सकेको छ भने २०७८ को जणगनणा अनुसार यो पालिकाको साक्षरता ५८ दशमल २ प्रतिशत रहेको छ ।


समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजना अन्तर्गत जिल्लाका पर्सा, ब्रह्मपुरी, चन्द्रनगर गाउँपालिका र हरिपुर्वा नगरपालिका गरी चार ओटा पालिकाका ५८ ओटा सामुदायिक विद्यालय तथा २३ ओटा मदरसाहरुमा आरआरपिके र साझेदारसंस्थाहरुले शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।