राकेश गुप्ता/ सर्लाही,वैशाख -७, जिल्लाको चन्द्रनगर गाउँपालिकामा पहिलोपटक गाउँपालिका स्तरमै ईद मिलन कार्यक्रम आयोजना गरिएको छ।
बिहीवार (आज) गाउँपालिकाको सभाहलमा मुस्लिम समुदायको पवित्र एवम् महान पर्व ईद उल फित्रको अवसरमा चन्द्रनगर गाउँपालिकाले ईद मिलन समारोह आयोजना गरेको हाे ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा ईद पर्वको महत्त्व तथा विशेषताहरुको बारेमा चर्चा गरिएको थियो ।
मौलाना अली हुसेनले चन्द्रनगर गाउँपालिकाका जनप्रतिनिधि ले आफ्नो पर्वलाई सम्मान गरेर ठुलो गुण लगाएको बताए ।उनले पहिला हाम्रो समस्या सुन्ने कोही थिएन तर बर्तमान गाउँपालिका अध्यक्षले सिधा आफुहरूकाे समस्या समाधान गर्ने गरेको बताए।हुसेनले चन्द्रनगरको मुस्लिम समुदाय गाउँपालिका अध्यक्षको काधमा काध मिलाएर हिड्ने तयार रहेको बताए ।
गाउँपालिकामा विकासको गति ल्याउने हो भने गाउँपालिका अध्यक्षलाई मुस्लिम, हिन्दु तथा हरेक जात जातीले एक ढिका भएर सघाउनु पर्ने धर्म गुरु गुलाम अंसारीले बताए ।
अंसारीले गाउँपालिका अध्यक्ष महतो उपर जन्ताको आशिर्वाद रहेको हुदा उहाँ हरेक काममा सफल हुने बताए ।
गाउँपालिका अध्यक्ष शिक्षित भएको हुदा उहाँ ऐन कानुन टेकेर काम गर्दा विकास नचाहने व्यक्तिहरु तिरमिराएको अर्का मौलाना अली हुसेनले बताए।
ईदमा मुस्लिम समुदायले एक महिना सम्म रोजा अर्थात व्रत बस्ने गर्छन् । मुस्लिमहरुले एक महिना सम दिनभर अन्न जल ग्रहण गर्दैन्न ।रोजा धार्मिक हिसाबले तथा स्वास्थ्यको लागि विभिन्न रोगमा काम लागने गरेको नायव काजी मुफती अंजार आलमले बताए ।
रोजा क्यान्सर लगायत विभिन्न रोगको लागि फाइदा जनक हुने गरेको चिकित्सकहरुले पनि प्रमाणीत गरेको आलमले बताए ।
गाउँपालिका अध्यक्ष महतोले स्थानीय सरकारको काम बाटो घाटो भौतिक संरचना मात्र निर्माण गर्नु नभएर समाज, विभिन्न धर्मलाई सम्मान गर्नु पनि रहेको बताए ।
देशमा मुस्लिम आयोग छ, मुस्लिम मन्त्री बनेको छ, स्थानीय, प्रदेश र संघ गरी तीन तहको सरकार भए पनि हाल सम्म सरकारी स्तरबाट मुस्लिम धर्मावलीहरुको लागि यस प्रकारको कार्यक्रम भएको थिएन तर चन्द्रनगरमा पहिलोपटक मुस्लिम समुदायको लागि ईद मिलन कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष महतोले बताए।
हरेक मदरसामा यो आवमा एक जना मौलाना शिक्षक गाउँपालिकाबाट भर्ना हुने तथा मदरसामा पनि अब दिवा खाजाको व्यवस्थापन गरिने अध्यक्ष महतोले बताए गाउँपालिकामा मुस्लिम समुदायको बालबालिका पनि अन्य समुदाय जस्तो अब देखि अघि बढने अध्यक्ष महतोले बताए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गीता देवी महतो, वडा नं-६, का वडा अध्यक्ष रामस्वरुप कुर्मी, उपाध्यक्षको स्वकीय सचिव महावीर महतो, वडा नं ४ का पुर्व वडा अध्यक्ष तथा समाजसेवी जगदीश साह लगायत गाउँपालिका भरीको मुस्लिम धर्म गुरु तथा मुस्लिम समुदायको सहभागिता रहेको थियो ।