राकेश गुप्ता /सर्लाही
वैशाख -७,नेविसंघ  स्थापना दिवसको अवसरमा ईश्वरपुर नगरपालिका का  प्रमुख (मेयर) मनाेजकुमार आचार्यले  नारायण जनता आधारभूत  बिद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरेरका छन् ।


उनी  नेपाली कांग्रेसबाट  निर्वाचित नगर प्रमुख हुन ।छिमेकी नगरहरु र जिल्लाका विभिन्न स्थानमा प्रवचन गोष्ठी आयोजना गरेर परम्परागत रूपमा  स्थापना दिवस मनाइएको भएपनि उनले  भने, स्कुले विद्यार्थीहरुको लागि  ब्याग  उपहार दिएका छन् । यस वर्ष २०८० लाई ईश्वरपुर नगरको  शैक्षिक उन्नयनको वर्षको रूपमा मनाउने उद्घोष गरेको बताउदै  मेयर आचार्यले हरेक दिन र प्रत्येक प्रयास  ईश्वरपुर नगर पालिकाको शिक्षाको गुणस्तर अभिबृद्धिका निम्ति खर्चिने उपक्रमको सुरुवात स्वरूप  नारायण माध्यमिक विद्यालयका  विद्यार्थीहरुलाई ब्याग बितरण गरिएको बताए । 


ईश्वरपुर नगर क्षेत्रका संपूर्ण  सामुदायिक बिद्यालयका विद्यार्थीहरुलाई उनीहरूको आवश्यकता  अनुरुपका यथा संभव  सबै  सुबिधा उपलब्ध गराउन आफ्नो प्रयास केन्द्रित रहने प्रमुख आचार्यले बताए ।
उनले कुरा मात्रै  होइन काम गरेर देखाउने बेला रहेकाले  जनताको सानो सानो आवश्यकता रको पहिचान गर्दै तिनको सम्बाेधनमा  आफू केन्द्रित भइरहेको बताए  । त्यसका लागि सरकारी र दातृ एवम् सहयोगी संघ संस्था संग सहकार्य गर्दै अघि बढ्ने आफ्नो प्राथमिकता हो।“नगर प्रमुख आचार्यले भने ।