पुष्पराज थपलिया
विराटनगर,माघ २५—मिस एण्ड मिस्टर रौनियार २०७७ प्रतियोगिताको विराटनगरमा भएको पहिलो अडिसनमा १४ जना किशोरीहरूले भाग लिएका छन् । विराटनगरमा भएको पहिलो चरणको अडिसनमा उक्त संख्यामा किशोरीहरूको सहभागि भएका हुन् ।
एमि इन्टरटेन्टमेन्ट प्रा.लि.को आयोजनामा विराटनगरमा दोस्रो चरणको पनि अडिसन फागुन १ गते हुने बताइएको छ ।
अडिसनको छनौट चरणको निर्णायकहरूमा मिस्टर रौनियार २०१९ का बिजेता आशिष गुप्ता, ब्युटिसियन ललिता धिमाल र रौनियार सामाजका अध्यक्ष राम नरेश साह रहेका थिए ।
रौनियार सामुदायका किशोरीहरूमा भएको प्रतिभा उजार गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १६ देखि ३० वर्ष उमेर समूहका अविवाहित किशोरीहरूले भाग लिन पाउनेछन् ।
यसअघि काठमाण्डौं, जनकपुर र बीरगन्जमा सो प्रतियोगिताको लागि छनौट चरणको अडिसन सम्पन्न भएको प्रतियोगिताको संयोजक भरत रौनियारले जानकारी दिए । यस अघि छनौट भएको अडिसनबाट २८ जना प्रतियोगि फाइनलको लागि छनौट भएका छन ।
विभिन्न चरणबाट फाइनलमा २५ जना प्रतियोगिहरूलाई लैजाने आयोजकको तयारी छ । सो प्रतियोगिताको फाइनल काठमाण्डौंमा हुनेछ । प्रतियोगितामा विभिन्न नाम दिएको एवार्डहरू रहेको बताइएको छ । यस प्रतियोगिताको बिजेताले आकर्षक क्राउन, गिफ्ट ह्याम्पर विभिन्न अवसरहरू प्राप्त गर्ने बताइएको छ । यसअघिको मिस्टर रौनियारमा आशिष गुप्ता र मिस निरौयारमा प्रिया रौनियारले उपाधि जितेकी थिइन् ।