सर्लाही,वैशाख –७, जिल्लाकाे लालबन्दीमा मालबाहक ट्रककाे ठक्करबाट माेटरसाईकलमा सबार दुईजनाकाे घटनास्थलमै मृत्यु भएकाे छ ।


बिहिवार बिहान अन्दाजी  ७:३० बजे पश्चिमबाट पूर्वतर्फ गईरहेकाे ना. ३३ प ७५१३ नम्बरकाे माेटरसाईकललाई प्र. २-०३-००१ख ८१५ नम्बरकाे ट्रकले लालबन्दी नगरपालिका स्थित महेन्द्र राजमार्गकाे कालिञ्जाेर खाेलाकाे पूलदेखि केही पश्चिम ठक्कर दिएकाे ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएकाे छ ।


ट्रक काे ठक्करबाट मृत्यु हुनेमा गाैशला नगरपालिका वडा नं -११ महाेत्तरीका श्रवण कुमार महताे रहेका छन् । अर्का मृतक उनको भतिजो हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतकका परिवार आएपछि एक्किन हुने प्रहरीकाे भनाइ छ । मृतक श्रवण कुमार लालबन्दी -११ हिरापुर ससुराली आएका र फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुवै शव अहिले प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा राखिएकाे र परिवार आएपछि सदरमुकाम मलंगवा पठाउने तयारी भईरहेकाे इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायव उपरीक्षक शान्तराम कार्कीले जानकारी दिए । कार्कीका अनुसार नियन्त्रणमा रहेका ट्रक चालकले माेटरसाईकलले ओभरटेक गर्ने क्रममा आफै चक्कामा परेकाे बताएपनि थप अनुसन्धान भईरहेकाे छ ।