सर्लाही,वैशाख—७,मधेश प्रदेशको नगपालिकाहरु मध्ये लालबन्दी नगरपालिका बेरुजु प्रतिशत कम भएको पालिका बन्न सफल भएको छ, । लालबन्दी मधेश प्रदेशका सवै स्थानीय तहहरुमा भने, यो प्रतिशत कम भएको दोश्रो पालिका बनेको हाे।
मधेश प्रदेशमै सबभन्दा कम बेरुजु प्रतिशत आउने पालिका परवानीपुर गाउँपालिका बारा रहेको छ । परवानीपुर गाउँपालिकाले मधेश प्रदेशकै पालिकाहरु मध्ये कम बेरुजु प्रतिशत ०.९९ ल्याएको महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
लालबन्दी नगरपालिकाको भने मधेश प्रदेशका सवै पालिका मध्य बेरुजु प्रतिशत १.२२ प्रतिशत रहेको छ । त्यस्तै कञ्चनरुप नगरपालिकाको १.७४ प्रतिशत बेरुजु प्रतिशत रहेको महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन, २०७९ आ.ब. २०७८/०७९ को अन्तिम लेखापरिक्षण प्रतिवेदनमा उक्त तथ्य उल्लेख गरिएको हो ।