राकेश गुप्ता/ सर्लाही
वैशाख -६,सदियौ देखि शिक्षा, चेतना र अर्थिक अभावका कारण आर्थिक, सामाजिक र राजनीतिक रुपमा पछाडी परेका हरिपुर ६ लक्ष्मिपुरका मुसहर समुदायमा सामाजिक परिवर्तन थालेको छ ।
बितगमा जातिय भेदभाव र छुवाछुत जस्ता असमान व्यवहार पाट पीडित भएर समाजमा कष्टकर रुपमा जीवन गुजार्दै आएका मुसहर महिलाहरु अहिले समुहमा आवद्ध भएर सामाजिक गतिविधिमा संलग्न हुन थालेका हुन ।


समुहमा आबद्ध महिलाहरू मासीक बचत गर्ने, कृषि समुह दर्ता गर्ने,तालिम तथा रिफलेक्ट कक्षामा सहभागी भएर लैङ्गिक तथा नेतृत्व क्षमता विकास, महिला सशक्तीकरण, स्थानिय योजना तथा लैङ्गिक उत्तरदायी बजेट सम्बन्धमा सचेत हुन थालेका छन् ।
आय आर्जन तथा जिविकोपार्जन, बचत व्यवस्थापन सम्बन्धि चेतना बचतको फाईदा महत्व बारे बुझेपछि उनिहरुको दैनिकीमा परिवर्तन आएको छ ।
सामाजिक कुरीति र कुसस्कार बाट गुज्रियका मुसहर समुदायमा सामाजिक मुल्य मान्यता र व्यवहार परिबर्तन सम्बन्धि तालिम लिएर पछि उनिहरूमा धैरै परिबर्तन आएको हाे ।

केहि समय देखी हरिपुर ५ का मुसहर महिलाहरुले शिक्षाको महत्व बुझदै आएका छन । समुहमा आवद्ध भएपछी साप नेपालको सहयोग र सहजिकरणमा १६ जना बालबालिकाको जन्म दर्ता गरेर आफूले पनि बिद्यालय भर्ना अभियान चलाएका छन ।
बैसाख २ देखी ६ गते सम्म संचालित रिफ्लेक्ट कक्षाको दौरानमा उनिहरुले योजना छनौट गरेर वडा अध्यक्षलाई बुझाएका छन । यसक्रममा समुहकी सदस्य उर्मिला माझीले बस्तिमा शौचालय नहुदा मुसहर महिला तथा वालवालिकाहरु खुल्ला चौर तथा खोलाको कीनारमा चर्पी गर्न बाध्य भएको बताइन ।
उनले सार्बजनिक शौचालयको माग गरेकी छन । गोल्की देवी माझीले पुस्तौदेखी बसोबास गर्दै आएका मुसहरहरुको जग्गाधनी लालपुर्जा नभएको बताईन ।
जंगल फडानी गरेर ५ पुस्तादेखी बसो बास गर्ने माझी मुसहरहरुको अझै नागरीकता छैन,हुनेको पनि जन्मसिद्ध नागरिकता छ ।
तर सितामडी सुनर्बसामा घर हुनेको बंसजको नागरीकता दिएर सोझा साझा मुसहरहरुलाई अनागरिक बनाएको उनीहरूकाे बुझाइ छ ।
अर्की सदस्य सुनिता देवी माझीले बाटो ढला गर्दा नाला निमार्ण नगरेको ले आफुहरुको बस्तिमा बर्खामा सधै पानी छिर्ने गरेको गुनासो दर्गै ,वडा अध्यक्ष संग नाला बनाइदीन अनुरोध गरिन । उनले सार्बजनिक माध्यामिक बिध्यालय हरिपुर ६ का प्रधान अध्यापक राम अबतार चौधरी संग समुदाएका मुसहर बालबालिकाहरुलाई बिद्यालय पोशाक उपलब्ध गाउन माग गरीन ।
समुहकी अध्यक्ष पल्टनीया देवी माझीले जनता आबासको घरहरु अन्य वडामा बनेको भएपनि आफुहरुको बस्तीमा नबनेको बताइन । नेताहरुले भोट माग्न आउदा, घर बनाउने, जग्गाको पुर्जा दिने, बाटो तथा नाला बनाईदिने आस्वासन दिएपनि चुनाव जितेर गएपछि चासो नदीएको गुनासो पोखीन । उनले आयआर्जनको लागी वडा बाट बाख्रा माग गरेकी छन् ।
हरिपुर ६ का वडा सदस्य एवम् कार्यबहाक अध्यक्ष अब्दुल मंसुरले आगामी बजेटमा नाला निमार्ण गर्ने प्रतिवद्धता व्यक्ति गरे । उनले आय आर्जनको लागी समेत रकम छुट्टाउने बताए ।
सर्लाहीको हरिपुर, बरहथवा, चन्द्रनगर र बसबरीयामा मुसहर समुदाएलाई लक्ष्यित गरेर अन्डेफको सहयोग तथा साप नेपालको आयोजनामा नेपालको स्थानीय सरकारमा लैङ्गिक उत्तरदायी सुशासन प्रवर्द्धनका कार्यक्रम संचालन भैरहेको छ । जसअन्र्तगत मुसहर समुदायला रिफलेक्ट कक्षामा मुसहर महिलाको लैङ्गिक तथा नेतृत्व विकास, महिला सशक्तीकरण, स्थानिय योजना तथा लैङ्गिक उत्तरदायी बजेट सम्बन्धमा सचेतना, आय आर्जन तथा जिविका सुधार, समुह तथा बचत व्यवस्थापन, बचतको फाईदा महत्व बारे सचेतना गराउदै आएको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताए ।
५ दिने रिफ्लेक्ट कक्षाकाे साप नेपालका मनोज पासवानले सहजिकरण गरैका थिए । रिफ्लेक्ट कक्षा १० वडा समुहमा संचालन भैरहेको छ ।