सर्लाही,वैशाख-६,नेपाली कांग्रेसको शुभेच्छुक  विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५४ औँ स्थापना दिवस आज जिल्लामा  पनि मनाइएको छ ।
दिवसका अवसरमा लालबन्दी २ जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा खाद्यान्न वितरण गरिएको छ । नेविसंघ जनज्योति बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा आश्रमलाई १२५ केजी चामल, १० केजी दाल, एक कार्टुन तेल प्रदान गरिएको हो ।


इकाई सभापति सुमितराज काफ्लेको अध्यक्षता तथा आश्रमका संरक्षक बासुदेवशरण कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह, संविधान सभा सदस्य रामचन्द्र चौधरी, पूर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवार, वर्तमान  जिल्ला सचिव निरोज कार्की, हरिपुरकी उपमेयर निलमदेवी राय यादव, नेताहरु सीताराम दाहाल, दीपक अधिकारी, कुवेर आचार्य, युवराज देवकोटालगायतको उपस्थिति थियो ।


नेविसंघले आजै लालबन्दी ७ स्थित राधाकृष्ण गुरुकुलममा पनि खाद्यान्न सहयोग गरेको छ । यस्तै, नेविसंघको संस्थापन पक्षले लालबन्दीमा नै आजै नेपाली कांग्रेसको नेतृत्व विकासमा नेपाल विद्यार्थी संघको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
यता लालबन्दी पार्टी प्यालेसमा नेविसंघका कार्यवाहक जिल्ला सभापति प्रवेश न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा कांग्रेसका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह, सचिव निरोज कार्की, पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, पूर्व सांसद हरेश महतो, मधेश प्रदेशसभाका सदस्य जंगिलाल राय, सर्लाही क्षेत्र नं.१ (ख) का सभापति सीताराम दाहाल कांग्रेसका पूर्व क्षेत्रीय सभापति प्रमोद बराल, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो जिल्ला कार्यसमिति सदस्य विश्वामित्र रिजाल लाेकहरि पाैडेललगायतको उपस्थिति थियो । कार्यक्रमका वक्ता हरूले पार्टीलाई बलियो बनाउन सवै एकताबद्ध भएर अघि बढ्नुपर्ने जाेड दिएका थिए । कार्यक्रममा नेविसंघले विगतमा पनि देश हाक्ने नेतृत्व जन्माएको बताउदै,सर्लाही नेविसंघमा पनि त्यस्तै नेतृत्व जन्मिएको हेर्न चाहेको बताएका थिए । वक्ताहरूले नेविसंघ नेपाली कांग्रेसकाे शुभेच्छुक संगठन रहेकाले यसको नेतृत्व कर्ता गुटगत राजनीति भन्दा माथि उठ्नु पर्नेमा जाेड दिएका कार्यक्रम  सञ्चालक एवम् नेविसंघ सर्लाही  काठमाडौं सम्पर्क समितिका सभापति लवहरि ढुंङगेलले जनारी दिए ।
कार्यक्रममा नेपाल शिक्षक संघ सर्लाही  र नेविसंघ सर्लाही क्याम्पसमा निर्वाचित पदाधिकारीहरूलाई सम्मान गरिएको थियो ।