प्रेमनाथ पौडेल /सर्लाही
वैशाख -५,जिल्लाको हरोवनमा परिवारबाट अपहेलित भई बेसाहारा भएका बौद्धिक तथा शारीरिक रुपमा असक्त बालिकाको मानव सेवा आश्रमले उद्दार गरेको छ।
जन्मजात शारीरिक तथा बौद्धिकरुपम फरक क्षमता, अपाङ्गता र परिवारबाट अपहेलित भई साहारा नपाएकी १४ बर्षिया किशोरी अस्मिता भ्लोन तामाङ्गलाई मानव सेवा केन्द्रले उद्दार गरेको हाे ।
वालिकालाई समन्धित वडाका वडाध्यक्ष महिला नेत्री केन्द्र का पदाधिकारि तथा पत्रकारको रोहबरमा मानव सेवा आश्रममा जिम्मा लगाईएको हो ।
वालिकालाई उनकी आमाले चार वर्षको उमेर मै छोडेर हिडेको र बाबु पनि घर परिवार को सम्पर्क भन्दा बाहिर रहे पछि हजुरबुबा हजुरआमा को शरणमा रहदै आएकी थिइन् ।
दैनिक ज्याला मजदुरि गरि खाने हजुरबुबा हजुरआमा पनि ज्याला मजदुरि गर्न जादा वालिका मलमुत्रमा डुवेर नरकिय जीव बिताई रहेको जानकारी आएपछि बालिकाको उचित संरक्षणका लागि केन्द्रले केहि समय अघि देखि पहल गर्दै आए पनि कानुनि आधार नपुग्दा उद्दार गर्न ढिलाई भएको केन्द्र कि सचिब बिधा पौडेलले बताइन् ।
बालिका को जन्मदर्ता देखि पुर्ण अपांगता परिचय पत्र बनाउने र भता को लागि वडा लगायत बाट सिफारिस गर्ने काम गरि सके पछि सोमवार केन्द्रले वडा अध्यक्ष टंमबहादुर घिसिङ्ग ,नेकपा एमाले हरिवन नगरकमिटि उपाध्यक्ष महिला नेत्री रन्जु बल केन्द्रकी अध्यक्ष अन्जना (पन्त) कडरिया बिभिन्न समाजसेवी पत्रकार लगायत को रोहबर मा बालिका लाई मानव सेवा आश्रममा जिम्मा लगाएको हो ।
आश्रम की ब्यवस्थापक जुनाथिङ्गले बालिकाको जिम्मा लिदै सबै को साथ र सहयोगबाट नै आश्रम चलि रहेको हुदा बालिकाको जीवनमा सुधार ल्याउन आफुहरुको साथ सदैब रहने बताउदै,आश्रम को ब्यबस्थापन गर्न आश्रमले मात्रै सम्भव नहुने हुदा सवैको साथ र सहयोगको खाचो रहेको बताइन् ।
सडकमा अलपत्र रहेका बेसाहाराहरुको उद्दार गरि आश्रय दिइरहेको केन्द्रमा अहिले महिला र पुरुष गरि ४१ जना आश्रीत रहेका छन ।
जसमा २६ जना महिला १५ जना पुरुष आश्रीत छन । उनीहरूक जीवन सुरक्षा र खानपानको गर्न चुनाैती रहेको आश्रमले जनाएको छ । हाल आश्रम मा एक ब्यबस्थापक सहित ७ जना स्वयम सेवकले सेवा दिदै आएका आश्रले जनाएको छ ।
बालिकालाई जिम्मा लगाउदै जिम्बेवारि लिई बालिका को संरक्षणको लागि अभिभावकिय भूमिका निर्वाह गर्ने मानब सेवा आश्रम परिवारलाई वडा अध्यक्ष घिसिङ्ग तथा बौद्दिक तथा शारिरिक अपाङ्ग मानव सेवा केन्द्रका पदाधिकारीले धन्यवाद ज्ञापन गरेकाे केन्द्र की कोषाध्यक्ष अन्जना नेपाल ले जानकारी दिइन् ।