चियोचर्चो खबर
लालबन्दी, माघ २५ — नेपाल तामाङ घेदुङ लालबन्दी नगर समितिले २८५७ सोनाम ल्होछारको अवसरमा सांस्कृतिक महोत्सवको आयोजना गर्ने भएको छ ।
सर्लाहीको लालबन्दी ७ स्थित साझा संस्थाको प्राङ्गणमा माघ ३० गते देखि फागुन ४ गते सम्म महोत्सव आयोजना हुने आयोजकले जनाएको छ ।
महोत्सवमा शुभकामना आदान प्रदान तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु फुल कुमार वम्जन,अन्जु लामा र विशाल काल्तेनले सांगीतिक प्रस्तुती दिने (आयोज) नेपाल तामाङ घेदुङ लालबन्दी नगर अध्यक्ष बुद्ध लामाले जानकारी दिए ।

आईतवार ललाबन्दीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लामाले महोत्सवको अन्तिम तयारीमा आफुहरु रहेको बताए ।
महोत्सव आयोजनाका लागि ६ लाख खर्चहुने लामाको भनाई छ । खर्च व्यवस्थापनको लालि घेदुङका १७ जना पदाधिकारी बाट जनही १० हजारका दरले उठाईएको र स्थानिय समाजसेवी ,व्यसायीले आफुहरुलाई सहयोग गर्ने विस्वा व्यक्तगरे । स्थानिय तहले सहयोगको प्रतिज्ञा गरेकाे अध्यक्ष्य लामाले बताए ।
महोत्सवमा रोटेपिङ,सर्कस लगाएतका बिभिन्न खेल तमासा तथा दार्जिलिङ र स्थानिय कलारहरुको नृत्य का साथै झाँकी प्रदर्शन हुने नेपाल तामाङ घेदुङ प्रदेश सदस्य इन्द्रवल तामाङले बताए ।
तामाङहरुलाई प्रकृतिप्रेमी समूदायकारुपमा चिनिन्छ, विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । बिगतका वर्षमा जस्तै यस वर्ष पनि पर्वको अवसरमा छोरी चेलीलाई बोलाएर टिका लगाइदिने र हर्ष उल्लासका साथ कार्यक्रम हुने नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष हिराकाजी लामाले बताए । ’ल्हो’ अर्थात् वर्षहरु बाह्रवटा हुन्छने र ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको र मुसाबाट शुरु हुने यि वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिने जिल्ला अध्यक्ष लामाले बताए । यो वर्षपनि मुसाको वर्ष हो । बाह्र वर्गका वर्षहरुलाई बाह्र राशीका रूपमा पनि लिने गरिएको अध्यक्ष लामाको भनाई छ ।
नेपाल तामाङ घेदुङ लालबन्दी नगर अध्यक्ष बुद्ध लामाको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष हिराकाजी लामा, नेपाल तामाङ घेदुङ प्रदेश सदस्य इन्द्रवल तामाङ, लालबन्दी ७ का कार्यबहाक वडा अध्यक्ष गोपाल कार्की तथा तामाङ घेदुङका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।