सर्लाही,वैशाख -२,बरहथवा नगरपालिका वडा नं.-११ हिरापुरमा रहेको खेल मैदान स्तरउन्नती गरिने भएको छ ।
नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति एवम् मधेस प्रदेश सरकारका पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहले स्तरउन्नती कार्यकाे
शिलान्यास गरेका हुन ।


मधेस प्रदेश सरकारको ४० लाखको लागतमा स्तरउन्नती हुने खेल मैदानकाे शिलान्यास कार्यक्रममा संविधानसभा सदस्य नरेन्द्र प्रसाद साहको सहभागिता रहेको थियो ।


आफू महिला बालबालिका युवा तथा खेलकुदमन्त्री हुदा विनियोजन गराएको बजेटबाट खेल मैदान स्तरउन्नी गर्न पाउदा खुसी लागेको पूर्वमन्त्री सिंहले ।
उनले अवसर पाउदा आफ्नो भागमा परेको मन्त्रालयबाट जिल्लाका लागि सकेसम्म धेरै बजेट विनियोजन गराएको बताउदै ,आगामी दिनमा पनि अवसरको सदुपयोग गर्ने बताए ।