प्रकाशित मिति २०७७/१०/२५ / ४:३७
नेकपाको एउटा घटक प्रधानमन्त्रि ओलिले नेतृत्व गरेको माग २३ गतेको आमसभा र त्यसमा ओलिले केही नया घोषणा गर्दैछन भनेर एक किसिमको कौतुलहता ,एकपक्षको खुसिको चाहाना ,अर्को पक्षको डरको आशंका या भनौ केहि त नया बोल्दैछन भनेर उब्जिएको नया तरगं आमसभाको बिसर्जन सगै अन्त्य भयको छ ! केही दिन देखि बजारमा यसरी तरगंको अबश्था सिर्जना हुनुमा केही अमुक कारणहरु थिए । जसमा केही समयदेखि प्रधानमन्त्रि ओलिले पुर्विय दर्शन मा ब्यक्त गर्न थालेको धारणा ,अकस्मात गणतन्त्र पछि पहिलो पटक हिन्दु धर्मलाम्विहरुको आश्थाको प्रमुख केन्द्र पशुपतिनाथको दर्शन ,रामजन्मभुमिको बारेमा ब्यक्त तथ्यसहितको अभिब्यक्ति ,आमसभाको लागि नारायणहिटी सङग्रालय अगाडिको भाग रोज्नु यसैलाई अझ्झ शंका उब्जने गरि नेकपाकै अर्को घटक प्रचण्ड ,माधव समुहका नेता सुरेन्द्र पाण्डले २३ गते केपिले हिन्दु राष्ट्रको घोषणा गर्न सक्ने भनाईले गाउँ ,बस्ति र सहर ,चोक चोकभरि बहश ,जिज्ञासा ,कौतुहलता उत्पन्न गरेको थियो जुन तत्कालको लागि शान्त भयपनि थुप्रै प्रश्नहरु छोडेको छ !
भनिन्छ एक असल लोकतान्त्रिक राज्यमा राज्यको आफ्नो धर्म हुनुहुदैन ,राज्यलेकुनै एक धर्मलाई विशेष प्रथामिकता दिनुहुदैन तर यति हुदाहुदै पनि जान्दा जान्दै पनि हाम्रो देशमा फेरि पनि किन धार्मिक राज्यको लागि माग उठिरहेको छ त ? अझ्झ यहाँ धर्म अफिम हो झभन्ने माक्सको स्कुलिङबाट आएका कम्युनिष्ट प्रमबाटै मानिसहरु हिन्दुराज्य घोषणाको अपेक्षा किन गरिरहेका छन त ? यसका केही कारणहरु त अबश्य नै छन मुलत हाम्रो देशको कुल जनसङ्ख्याको ८५% हिन्दु धर्मलम्बिहरु छन विगतको संविधानहरुले हिन्दुराज्यलाई घोषितरुपमै स्विकार गरिसकेको अबश्था थियो तर ६२÷६३ को आन्दोलन पछि स्थापना भयको संसदले हिन्दुराज्यलाई हटाउने निर्यण गर्नुको कारण र औचित्य कहिल्यै पुष्टिहुन सकेन ,न कसैले गरेको माग न हिन्दुराज्य हुदा अन्य धर्मलम्बिहरुलाई परेको समस्या केही उजागार नभई अकस्मात अन्तरिम संविधान र हालको संविधान सभाले बनाएको संविधानमा हिन्दुराज्यलाई हटाई धर्मनिरपेक्ष राज्य घोषणा हुनुलाई धेरैले विभिन्न आशंका र शकांको दृष्टिकोणले हेर्न बाध्य भय फलस्वरुप विभिन्न समय र मौकामा धर्मनिरपेक्ष खारेजि र हिन्दुराष्ट्र घोषणाको माग उठने गरिरहेको छ ,सोही मागराखेर बिभन्न सभा सम्मेलन ,र्यालि,आन्दोलन भईराखेको छ । एउटा सानो हल्लाले पनि देशभरि तरगं उत्पन्न गराईराखेको छ ।
के साच्चै हिन्दुराज्यको घोषणा हुनसक्छ त ? के साच्चै केपिले यस्तो घोषणा गर्न सक्छन त ? किन हिन्दु धर्मालम्विहरुले हिन्दुराज्यको माग गरिरहेका छन त ? प्रश्नहरु विविध उब्जिएका छन, तर्कहरु धेरै आएका छन ,बिचारहरु बिभाजित भयका छन् तर एउटा प्रश्नको उत्तर भने स्पस्ट छ प्रम केपिले घोषणा गर्दैमा हिन्दुराष्ट्र भै हाल्ने अबश्था छैन । हिन्दुराष्ट्र हुनको लागि लागि १. दुईतिहाईले संविधान संशोधन गर्नु पर्छ २. संविधानले परिकल्पना गरेको जनमत सग्रहबाट अनुमोदन हुनुपर्नेछ ।
पहिलो विकल्प तत्कालको लागि सम्भव छैन तर दोश्र्रो विकल्प मा धेरैले प्रमबाट अपेक्षा गरेका छन । केही समय यताका उनको धार्मिक कृयाकलाप,सामाजिक सन्जालमा सो पार्टीका साईबर सेनाहरुबाट ब्याक्त बिचारहरु केलाउदा त्यो असम्भव पनि देखिदैन । लगभग दुईतिहाईको पार्टीबाट नेकपा बिभाजित भयको अबश्थामा घोषित निर्वाचनमा धार्मिक मत तानेर पुन ः शक्ति आर्जन गर्न पनि केपिले धर्मको कार्ड फाल्न सक्छन ! दोश्र्रो संबिधानसभाको चुनावमा राप्रपा नेपालले यहि कार्ड फ्याकेर २५ सिट प्रप्त गरेको तथ्यले पनि बेला बेला राजनीतिक दलहरुलाई झकझकाउनु आश्चार्य जनक कुरा भने हैन । तर राप्रपा बाट बाहेक अरुदलले घोषणा गर्न भने आट गरिहाल्न सकेका छैनन् । ब्याक्तिगत रुपमा नेकाको केही नेता बाट बेलाबेलामा हिन्दुराष्ट्रको पक्षमा वकालत भयपनि तत्काल पार्टीगत रुपमा हिन्दुराष्ट्रको पक्षमा स्पष्ट धारणा बनाउन सक्ने अबश्थामा नेपाली कांग्रेस पनि देखिदैन । यस्तो अबश्थामा कट्टर हिन्दुराष्ट्र समर्थकहरुको भोट आफुतिर तानेर आउदो चुनावमा आफुलाई पुन पहिलो पार्टीको रुपमा स्थापित गराउन प्रम केपि ओलि लालयित भएको अनुमान गर्न भने सकिन्छ ।
जब देशमा राजनीतिक अस्थिरता उत्पन्न हुन्छ तब बिभन्न समुहले आफ्नो स्वार्थ अनुसार त्यहाभित्र खेल्न सुरुगर्छन नै त्यसैको एक कडिको रुपमा हाल हिन्दु राष्ट्रको मागमाको रुपमा धार्मिक हलचल भयको देखिन्छ । यसबाट केही समूह अत्यन्तै उत्साहित भयका छन भने केही समूह आक्रोसित पनि । राज्यले कुनै एक धर्मलाई ग्रहण गर्दा अबश्य पनि अन्यधर्ममा आस्था राख्ने समुदायलाई शंका उत्पन्न हुनु नाजायज मान्न सकिँदैन । अझ्झ बहुसङख्याक हिन्दुधर्मालम्वी भयको र राज्यले हिन्दुधर्मलाई नै अपनाउदा भोलि धार्मिक आतंक सृर्जना हुने त हैन भन्ने डर पनि उत्पन्नहुन सक्नेछ । अबश्यपनि राज्यले एक धर्मलाई अङ्गिकार गरेपछि भोलि सोहि धर्मको प्रचार प्रसारमा राज्यले अनाबश्यक लगानि गर्छ भन्ने धारणा छ । हिजोका दिनको व्यवहार हेर्दा पनि त्यसलाई नकार्न सकिँदैन त्यसो हुन सक्छ भन्ने अनुमानले पनि एक पक्ष धार्मिक राज्यको मुद्दालाई डटेर सामना गरिरहेका छन ।
के साच्चै धर्म अफिम नै हो त ? यसबारे धेरै तर्क र बहश हरु भयका छन !आस्था र अबस्थाअनुसार दृष्टिकोण निस्केको छ । केही देशहरुको ,समुदायहरुको बिगतको धार्मिक द्वन्द्व हेर्दा ,धार्मिक कट्टरबादिहरुले अन्य धर्मालम्विहरुलाई गरेको ब्यहबार हेर्दा पक्का पनि धार्मिक सेन्टिमेण्टलाई सामान्यरुपमा हेर्न सकिदैन ! ब्यक्तिलाई एकदमै संबेदनशिल बनाउने बिषय अन्तर्गत नै पर्छ धर्म पनि । ब्याक्ति अन्य धेरै कुरामा सामान्य बन्न सक्छ तर देश,जाति र धर्म माथिको प्रहारलाई सामान्य रुपमा ग्रहण गर्न सक्दैन फलस्वरुप बिश्वकै धेरै देशहरु विभिन्न कालखण्डमा धार्मिक द्वन्द्वले तहस नहस भयका छन ,खण्डहरमा परिणत भयका दृष्टान्त छन । त्यति हुदा हुँदै पनि केही देशहरुले घोषित वा अघोषित रुपमै पनि धर्मलाई अङ्गिकार गरेको देखिन्छ । बिश्वमै लोकतन्त्रको लागि नमुना मानिएको अमेरिका ,बेलायत, जापान जस्ता देशहरुले पनि शासन सत्तामा धर्मलाई प्रमुखता दिएको देखिन्छ । त्यस्तै ईस्लाम धर्मालम्विहरुको बाहुल्य रहेको केही एसिया तथा अफ्रिकन देशहरुले पनि ईस्मालिक राष्ट्रनै घोषणा गरि धार्मिक ईस्लाम कानुन अनुसार नै राज्य सन्चालन गरेका छन तर जनसङख्याकै हिसाबले दोस्रो ठूलो राष्ट्र र बहुसङ्ख्यक हिन्दुहरु बसोबास गर्ने भय पनि,हिन्दुस्तान भनेर परिचित भय पनि हाम्रै छिमेकि मुलुक भारतमा शासन सत्तामा हिन्दुलाई मात्र प्रथामिकता दिएको देखिदैन भलेै हालका प्रधानमन्त्रि नरेन्द्र मोदिलाई हिन्दु कट्टरताबादि मान्निन्छ र बेला—बेला त्यहा अन्य धर्मालम्वि बेशेषगरि मुस्लिमहरुलाई दवाईएको आवाज उठ्न थालेको छ । जसले कालान्तरमा डरलाग्दो अबश्थाको सृर्जना हुनसक्ने आकलन गरिन्छ । तर हाम्रो मुलुकमा बिगतको अनुभव ,अबश्था हेर्दा धार्मिक सन्तुलन भयको देखिन्छ यहाँ हरेक धर्मालम्विले अन्य धर्मालम्विलाई हेर्ने दृष्टिकोण सहज र आत्मिय नै छ बेला बेला कुनै विशेष स्थानमा हुने सामान्य झडपलाई बिर्सिदिने हो भने हिन्दुराष्ट्रको मागमा मुस्लिमले नै नारा लगाउनु ,बौद्दमार्गि र हिन्दुधर्मालम्विहरु मिलेर नै चाडपर्व मनाउनु ,धार्मिक अनुष्ठानहरुमा पुजा ,प्रतिष्ठान गर्नु अनुकरणिय देखिन्छ तर बिगत केहि समयअगि देखि बिषेशत दलित,पिछडिएका वर्ग हरुलाई जुन किसिमले लोभ लालच आश्वासनमा पारेर धर्म परिवर्तन गरिएको छ र उनिहरुबाटै धार्मिक सद्भाव भडकाउन जुन किसिमले अन्य धर्मालम्विको आस्था र विस्वास माथि नियोजित रुपमै वा अन्जानमा बक्तब्यबाजि आउन थालेको छ जुनाबाट भोलिका दिनमा गम्भिर समस्या निम्तिने आकलन गर्न सकिन्छ । राज्यका जिम्वेवार निकाय ,शिक्षित वर्ग,समाजले यसलाई आजनै गम्भीर रुपमा लियर सामाजिक सभ्दाव बिरुद्द , अन्य धर्मलम्विको आस्था विस्वास बिरुद्द भैरहेको प्रहार रोक्नु नितान्त आबश्यक भै सकेको देखिन्छ । धार्मिक निरपेक्ष भनेको धर्म नमान्नु हैन सम्पूर्ण धर्मलाई समान नजरले हेर्नू पनि हो भन्ने चेतको विकास गर्नु पर्ने देखिन्छ । धर्म अफिम मात्र हो भन्नू भन्दा पनि धर्म समाज जोड्ने कडि पनि हो ,कानुनि राज्य स्थापित गर्ने ऐन पनि हो ,माया प्रेम बिकसित गराउने ,नैतिक शिक्षा आचरण सिकाउने मन्त्र पनि हो भनेर बुझ्नु र बुझाउनु नितान्त आवश्यक भै सकेको छ । राजनीतिक दलले ,धार्मिक सगं सगंठनले आफ्नो स्वर्थको लागि मात्र मुद्दाहरु उठाईरहे भने एकपक्ष खुसि र अर्को पक्ष दुखि हुने अवश्था आईरहन्छ आज एक पक्षलाई फाईदा भए पनि कालन्तरमा झन बिकराल समस्या उत्पन्न हुने भयबाट मुक्त हुन सकिँदैन । त्यसैले सबैले सबै धर्मलाई समान ब्यबाहार गर्दा नै धार्मिक राजनीतिबाट राष्ट्रलाई मुक्त गर्न सकिन्छ धार्मिक सदभावलाई जोगाईराख्न सकिन्छ ।