राकेश गुप्ता /सर्लाही
वैशाख-२, जिल्लामा पार्टी बलियो बनाउन अभियान थालिने कांग्रेस नेताहरूले बताएका छन।नेपाली कांग्रेसका माहाधिवेशन प्रतिनिधि तथा पूर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठले नेपाली कांग्रेस चुनाव पश्चात् पूर्ण रुपमा निष्क्रिय भएको बताए । उनले चुनाव पश्चात् गृह कलहका कारणले जिल्लामा नेपाली कांग्रेस कमजोर भएको बताए ।


कांग्रेस वडा कार्य समितिको चन्द्रनगर वडा नं ३ बड्कुर्वा स्थित रहेको पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै, नेता श्रेष्ठले सर्लाही कांग्रेसलाई चलायमान बनाउन नगर र गाउँ समिति गठन गर्नुपर्ने बताए ।


पालिका कमिटी अती आवश्यक छ ।पार्टी एकातिर र पालिका जनप्रतिनिधि अर्का तिर रहेको छ, नेता श्रेष्ठले भने । पार्टीमा असन्तुष्टि भए पनि सबै जना एकजुट नहुनुको बिकल्प नभएको उनले बताए ।
चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले आफु नेपाली कांग्रेसलाई बलियो बनाउन हर सम्भव प्रयास गर्ने बताए । अध्यक्ष महतोले चन्द्रनगरमा अब कांग्रेस बलियो हुने दाबी गरे । बिगतको तिक्ता आफुले बिर्सिसकेको हुदाँ कांग्रेसी सबैलाई एकता गर्न, हरेक वडा बलियो बनाउन आफु तयार भएको अध्यक्ष महतोले बताए ।


यसैगरी सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस सर्लाहीका सभापती सुरेन्द्र सिंहले सर्लाहीमा पहिलो पटक वडा स्तरमै नेपाली कांग्रेसको कार्यालय खोलिएको बताए ।
बिगतमा जे जसो भए पनि आज देखि पुराना तिक्तता त्याग्दै अघि बढन कांग्रेस नेतालाई सभापति सिंहले आग्रह गरे। जिल्लामा पालिका अधिवेशन गर्न अधिकार नदिएको पार्टी सभापति सिंहले बताए ।
हामीले कामको मुल्यांकन गरी आउने दिनमा टिकट वितरण गरिने उहाले बताए । सभापति सिंहले वडा कार्यालयकाे लागि सभापति भिखारी महतोलाई नगद रु ५ हजार प्रदान गरे ।
त्यस्तै महाधिवेशन प्रतिनिधि सोनेलाल साहले आफु पनि कांग्रेसलाई बलियो बनाउन अथक प्रयत्न गर्ने बताए । आजको कार्यक्रमले आफुलाई थप उर्जा प्रदान गरेको छ, काग्रेसलाई सर्लाहीमा मजबुत बनाउन सक्दो प्रयास गर्ने छु,´महाधिवेशन प्रनितिनिधि साहले भने । अब केहि दिनमै वडा नं. १ मा पनि नेपाली कांग्रेसको वडा स्तरीय पार्टी कार्यालय खोलिने नेपाली कांग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधि साहले बताए ।