साेम दियाली/सर्लाही
चैत्र -२८ , जिल्लाको हरिपुर्वा नगरपालिका,ब्रह्मपुरी र पर्सा गाउँपालिका गरी ३ वटा पालिकामा सञ्चालित समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजना अन्तर्गत स्थानीय तहको योजना तर्जुमा प्रक्रिया तथा निर्देशिका सम्बन्धी दुई दिने कार्याशाला गोष्ठी लालबन्दीमा सम्पन्न भएको छ ।
अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र (आर.आर.पि.के.) सर्लाहीको साझेदारीमा सञ्चालन भएको परियोजना अन्तर्गत सम्पन्न कार्यशाला गोष्ठीमा चारओटै पालिकाका उप–प्रमुख, वडा अध्यक्षहरु, प्रशासकीय अधिकृतहरु, शिक्षा शाखा प्रमुख, महिला बालबालिका शाखा प्रमुख, विद्यालयका प्र.अ. तथा जनप्रतिनिधि र बालबालिका सहित २८ जनाको सहभागी थियो ।
गोष्ठीलाई शिक्षा विकास निर्देशनालय, मधेश प्रदेश, धनुषाका निर्देशक चुडामणि फुयाल र बरिष्ठ शाखा अधिकृत किशोरी कापडले सहजिकरण गर्नु भएको थियो । गोष्ठीमा शिक्षा विकास तथा समनव्य ईकाइ सर्लाहीका निमित्त प्रमुख अशोक रोनियार, संयोजक अनिल कुमार साहको समेत उपस्थिति रहेको थियो ।
शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख अशोक रौनियारले कार्यशाला गोष्ठी समापनका कार्यक्रममा मन्तव्य राख्दै सिकाइ परियोजनाले स्थानीय तहको योजना तर्जुमा प्रक्रिया तथा शिक्षा क्षेत्रको सुधारको प्रयासलाई उच्च मुल्याङ्गन गर्दै आयोजक संस्थालाई धन्यवाद दिए।
त्यसैगरी हरिपुर्वा नगरपालिकाका वडा अध्यक्ष राम सोगारथ रायले मतव्य राख्दै सिकाइ परियोजनाका विभिन्न कार्यक्रमले शिक्षा क्षेत्रको सुधारका लागि अगाडी बढाउन सहयोग मिल्ने हुँदा हरेक कार्यक्रमा सहकार्य गर्न तयार रहेको बताए ।