राकेश गुप्ता /महोत्तरी
चैत—२८, जिल्लाको गौशाला नगरपालिकाको कार्यालयले कित्ताकाट प्रक्रियागत रुपमा सुचारु गरिएको जनाएको छ ।
गौशाला नगरपालिकाको कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराईएको हो । नगरप्रमुख डा. दिपेन्द्र महतोेले अब यहाँका जग्गाको विभिन्न चरणमा चरणवद्ध रुपमा वर्गिकरण भएकोले सोही अनुरुप कित्ताकाटको कार्य फुकुवा भएको बताए ।
नगरप्रमुख डा. महतोले भने,‘कित्ताकाट गौशालावासीको लागि निकै नै चासोको विषय रहेको थियो । त्यसलाई ध्यानमा राख्दै नियम प्रक्रिया पुर्याएर प्राविधीक सम्मिलित टोलीले वर्गिकरणको कार्य सम्पन्न गरेको हो, डा. महतोले भने । बुधवार देखि नै यहाँ किताकाट भएपछि क्रमिक रुपमा जनताको चौतर्फी समस्या समाधान हुने डा. महतोले विश्वास व्यक्त गरे ।’
यस प्रक्रियामा अमिन सन्तोष महासेठले पाँच महिना देखि निःशुल्क प्रशासनिक कामकाज गरी गौशाला नगरपालिकालाई सहयोग गरी कित्ताकाट प्रक्रियालाई बिधिवत रुपमा अगाडी बढाई शुरुवात गराएको भन्दै महासेठलाई गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोले धन्यवाद व्यक्त गरे । महासेठलालाई गौशाला नगरपालिकाले चाँडै नै सम्मान गर्ने डा. महतोले बताए ।
यसैबीतच जिल्ला मालपोत कार्यालय जलेश्वरका प्रमुख रमेश पौडेलले प्रक्रिया पुर्याएर कित्ताकाटको लागि वर्गिकरण गर्नका लागि गौशाला नगरपालिका सफल भएको बताएका छन् । प्रमुख पौडेलले भने, ‘राजपत्रमा प्रकाशित भएलगतै सुलभ रुपमै यहाँ कित्ताकाट गर्नमा कुनै कठिनाई छैन् । प्रक्रिया पुर्याएर सेवाग्राहीले अव सेवा लिन पाउने भएको छ ।’
मालपोत र नापी कार्यालय संचालनको लागि सवैको सकारात्मक भुमिकाको आवश्यक रहेको प्रमुख पौडेलले बताए । नगरप्रमुखले अधिक प्रयास गरेतापनि राजनीतिकाकरण यहाँ कार्यालय संचालन हुन नसकेको प्रमुख पौडेलले बताए । ४३ हजार ८५० किता जग्गा रहेको पालिकालाई सन् २०२२ को स्याटलेटबाट तथ्यांक अपडेट गरिएको प्रमुख प्रशासकीय अधिकृत पूर्णवहादुर केसीले बताए । जग्गालाई विभिन्न १० क्षेत्रमा विभाजित गरिएको प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए छन् ।