सर्लाही,चैत—२८,सर्लाही क्षेत्र नं. १ का सांसद रामप्रकाश चौधरीले लालबन्दीमा कृषि क्याम्पस खुलोस र यहाँका नागरिकले पढ्न पाउन भन्ने आफ्नो चहना रहेको बताएका छन् । उनले कृषि क्याम्पस लालबन्दीमा नै हुनुपर्नेमा जोड दिए । लालबन्दी नगरपालिका भित्र कृषि क्याम्पस स्थापनाका लागि आज भएको छलफलको प्रमुख आतिथ्यता गरेका सांसद चौधरीले,पोजेटिभ सोच बनाएर अघि बढ्न आग्रह गरे । सोच राम्रो छ,‘अव कार्यन्वयनमा लागौ,‘म सहयोग गर्न तयार छु,’उनले भने । उनले आफ्नो पहुँच अनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


लालबन्दी नगरपालिका का प्रमुन (मेयर) वासुदेव अधिकारीले सवै भन्दा माथि जनताले दिएको म्यान्डेट रहेकाले सोही अनुसार आफुले काम गर्ने बताए । नगरले कृषि क्याम्पसलाई प्राथमिकतामा रखेर काम गर्ने बताउदै, शिक्षा र स्वास्थ्य क्षेत्रको बिकाश बिना अन्य क्षेत्रको बिकाशले अर्थ नराख्ने तर्क गरे । उनले ५ वर्षमा मुख्य ५ वटा काम गर्ने आफ्नो योजना रहेको बताउदै,पहिलो काठमाडौं विश्वविद्यालय यहाँ ल्याउने र कृषि क्याम्पस स्थापना गर्ने,दोश्रो लालबन्दी देखि दुम्जा जोड्ने सडक निर्माणका लागि काम गर्ने,तेश्रो केन्द्रीय स्तरको अस्पताल निर्माण गर्ने,चौथो ऐलानी जग्गा व्यवस्थापन गरि पूर्जा वितरण गर्ने र पाचौ रंगशाला निर्माणलाई आफुले प्राथमिकतामा राखेर काम गरेको बताए ।उनले ५ वर्षमा ९० वटा देखिने गरि काम गर्ने बताउदै,यसको लागि आम नागरिकको सहयोग आवश्यक रहेको बताए ।


नेपाली कांग्रेसका सर्लाही क्षेत्र नं. १ (ख) का सभापति सीताराम दाहालले जग्गा प्राप्तिका लागि सरोकारवाला बीच छलफल गरेर अघि बढ्नु पर्नेमा जोड दिए । उनले नेपाली कांग्रेस जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा नेकपा एमालेका लालबन्दी नगर अध्यक्ष बिक्रम भण्डारीले काठमाडौं विश्वविद्यालयलाई लालबन्दीमा भित्र्याउन आफुहरुको कस्तो सहयोग आवश्यक रहन्छ,गर्न तयार रहेको बताए । नेकपा एकीकृत समाजवादी सर्लाहीका उप–सचिव उद्धव पाठकले हिजो सर्लाहीको शैक्षिक हव रहेको नगर अवभने प्रदेशकै शैक्षिक हव बन्नेमा आफू विश्वस्त रहेको बताए । उनले नगरको सामर्थयलाई बुझेर अघि बढ्न आग्रह गरे । क्यापस स्थापनाले पछाडि परेको क्षेत्रको बिकाशमा टेवा पुग्ने उले विश्वास व्यक्त गरे ।

लालबन्दी १६ का वडाध्यक्ष गणेश थापाले शिक्षाको पृष्ठभूमिबाट आएको भएर मेयर अधिकारीले शिक्षा क्षेत्रको बिकासका लागि महत्वपूर्ण काम गरेकाले आफुलाई खुसि लागेको बताए । उनले आफ्नो वडामा विश्वविद्यालय सञ्चालनका लागि काम अगाडि बढाएकोमा मेयर अधिकारीलाई धन्यवाद ज्ञापन गरे ।
नेपाली कांग्रेस सर्लाहीका सह सचिव इन्द्र योन्जन,जनज्योति बहुमुखी क्याम्पसका अध्यक्ष एवम् कांग्रेस नेता दिपक अधिकारी, माओवादी केन्द्रका लेखराम गर्घा, जनज्योति माध्यमिक विद्यालयका प्रमुख विष्णु पोखरेल,लक्ष्मी गोले(प्रधान) लालबन्दी जेसिजका अध्यक्ष मनोज बख्रेल लगाएतका बक्ताहरुले विश्वविद्यालय स्थापना हुदा विद्यार्थीको अभाव नहुने बताउदै, काम गर्दा केही चुनौती आउन सक्ने भएकाले त्यसको समाना गरेर अघि बढ्नुपर्ने तर्क गरे ।
काठमाडौं विश्वविद्यालयका प्राध्यापक विवेक बरालले काठमाडौं विश्वविद्यालयको तर्फबाट आफू सकारात्मक रहेको बताए । यहाँको उत्साह देखेर काठमाडौं विश्वविद्यालय सहकार्य गर्न तयार रहेको बताए । उनले काठमाडौं विश्वविद्यालयले भ्याली बाहिर अर्को एउटा ठुलो हिस्सा लिएर आउने बताए ।
कार्यक्रममा क्याम्पस खोल्न काठमाडौँ विश्वविद्यालयले नगरपालिकालाई जग्गा उपलब्ध गराइ दिन र त्यसपछि विश्वविद्यालयको तर्फबाट सबै काम अघि बढाउने प्रतिवद्धता आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारनाथ लुइटेलले बताए । विश्व विद्यालयको सो प्रस्ताव अनुसार आफूहरुले पहिलो चरणमा लालबन्दी १६ परवानिपुरमा डिम जनता माध्यमिक विद्यालयको नाममा रहेको ६ बिघा जग्गा उपलब्ध गराउने गरी छलफल अघि बढाएको तर विश्वविद्यालयले सयदेखि डेढ सय रोपनी जग्गा मागेकाले जग्गा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमै केन्द्रीत भइरहेको उनले बताए । हिजो पनि जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसहितको उपस्थितिमा यस विषयमा छलफल गरिएको थियो ।