सरिता सापकोटा /बागमती
माघ २४— सर्लाहीको बागमतीमा रहेको बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितीको तेस्रो साधारण सभा सम्पन्न भएको छ ।

शनिवार खानेपानी उपभोक्ता समितीको कार्यलय प्राङ्गणमा आयोजित एक कार्यक्रमका विच संस्थाको तेस्रो साधारण सभा सम्पन्न भएको हो । संस्थाको साधारण सभाले आउदो कार्यकालको लागि निवर्तमान अध्यक्ष बसन्त राज भट्टराईको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति समेत चयन गरेको संस्थाले जनाएको छ ।
सभाको प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीले उद्घाटन गरेका थिए । सभा संस्थाका अध्यक्ष बसन्तराज भट्टराईको अध्यक्षतामा संम्पन्न भएको कार्यक्रम संचालक भिम बिश्वकर्माले जानकारी दिए ।

निवर्तमान अध्यक्ष भट्राईको अध्यक्षतामा ११ सदस्य संस्थको नयाँ कार्यसमिती चयन भएको हो । संस्थाको उपाध्यक्षमा मिन बहादुर कार्की, सचिवमा रामहरी थापा, सहसचिवमा मणी कुमार बुडाथोकी, कोषाध्यक्षमा चक्र प्रसाद भट्टराई, सदस्यहरुमा दिपक थापा मगर, सोनाम सिङ भोलन, राजेन्द्र महतो, सुमित्रा श्रेष्ठ, हिरा वाईवा, लाल कुमार लामा चयन भएका छन् । सभा समक्ष प्रस्तुत संस्थाको प्रगती एवं आर्थिक प्रतिबेदन समेत सर्वसहमतीले अनुमोदन भएको संस्थाले जनाएको छ ।

साविक ढुगे्रखोला ३, ४, ५, ६, ७, ८ र ९ अर्थात हालको बागमती नगरपालिका १, २ र ३ नम्बर वडा कार्यक्षेत्र रहेको यस संस्थाबाट हाल सम्म १६ सय धारा वितरण भएको संस्थाले जनाएको छ । पहाडी क्षेत्र परेको साविक ढुंग्रेखोला १ र २ नम्बर वडामा भने भौगोलिक विकटताका कारण सेवा पु¥याउन नसकेको संस्थाले जनाएको छ । संस्थाको अन्य क्षेत्रमा समेत धाराको पाईप लाईन विस्ताको कार्य सम्पन्न भैसकेको र धारा वितरण र जडानको कार्य चलिरहेको संस्थाका अध्यक्ष भट्टराईले जानकारी दिए ।

प्रदेश सांसद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा विशिष्ठ अतिथि बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, अतिथीहरुमा खानेपानी तथा सरसफाई महासंघका केन्द्रिय अध्यक्ष डोल राज पाण्डे, नेपाली कांग्रेसका नगर सभापती दिपक कुमार रानाभाट, १ नम्बर वडाका वडाध्यक्ष गम्भिर सिङ पाख्रिन, २ का दिपक लामा, ३ का तिलक मोक्तान, मावी ढुगे्रखोलाका निमित्त प्रधानाध्यापक मनोज खनाल, खानेपानी डिभिजनका गोविन्द प्याकुरेल, कर्मैया खानेपानीका अध्यक्ष रिपुमर्दन आले जंग्गा दाता परिवारका सुकुन देव थापा, चक्र देवी श्रेष्ठ, चित्र बहादुर भण्डारी, संस्थापक अध्यक्ष सोम बहादुर लामा लगाएत रहेका संस्थाले जनाएको हो ।

यसैबिच संस्थाले खेल क्षेत्रको समेत विकासमा टेवा पु¥याउने उद्देश्य सहित साधारण सभाको अवसर पारेर साविक ढुगे्रखोला अन्तरगत जनता मावी थिङटोल र धरहरा स्थित जनवाल कल्याण मावीलाई एक÷एक थान नेट र दुई÷दुई थान भलिवल वितरण गरेको छ । सोही अवसर पारेर संस्थाका अध्यक्ष भटट्राईलाई समाजसेवी माथवर सिङ थापाले सफल कार्यकालको शुभ कामना सहित एक थान नेपालको झण्डा हस्तान्तरण गरेका थिए ।